एक हजार ५३९ नयाँ संक्रमित थप, एक हजार ६८ निको भए
SamacharDesk – बिकाश | २०७७ भाद्र ३१, बुधबार

नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाईरस (कोभिड १९) का एक हजार ५ सय ३९ जना नयाँ संक्रमित थप भएका छन् ।
तीमध्ये ४ सय ४ जना महिला छन् भने एक हजार एक सय ३५ जना पुरुषहरु रहेका छन् ।
योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ५८ हजार ३ सय २७ पुगेको छ ।
पछिल्लो पटक एक हजार ६८ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या ४१ हजार ७ सय ६ पुगेको छ ।
आजसम्ममा पिसिआर विधिबाट ८ लाख ७२ हजार २ सय ७४ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा १० हजार ४ सय ९४ जनाको नमूना परिक्षणहरु भएका छन् ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ७ हजार ८ सय २० रहेको छ ।
सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ४२ जना रहेका छन् । तीमध्ये होम आइसोलेसनमा ७ हजार ७ सय एक रहेको छ भने संस्थागत आइसोलेसनमा ८ हजार ५ सय ४१ जना छन् ।
देशभरीमा उपचाररत संक्रमितमध्ये एक सय ७३ जना आइसीयूमा उपचाररत छन् ।
प्रदेश एकमा ४ जना, प्रदेश २ मा ९, वागमती प्रदेशमा एक सय २३, गण्डकी प्रदेशमा ६, प्रदेश ५ मा २२ र कर्णाली प्रदेशमा ९ जना कोरोना संक्रमित विरामी आइसीयूमा उपचाररत छन् ।
त्यसैगरी वागमती प्रदेशमा २५ जना, र सुदुरपश्चिम प्रदेशमा एक जना समेत जम्मा २६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।
पछिल्लो पटक थप ४ जना महिला र पुरुष ४ जना गरी ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्ममा जम्मा तीन सय ७९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।
Categorized in राष्ट्रिय