एक हजार ५३९ नयाँ संक्रमित मध्ये काठमाडौं उपत्यकामा ७ सय ३७
SamacharDesk – बिकाश | २०७७ भाद्र ३१, बुधबार

आज देशभरीका ५३ जिल्लाबाट एक हजार ५ सय ३९ जना कोरोना भाईरस (कोभिड १९) का नयाँ संक्रमित थप भएकोमध्ये करीब आधा काठमाडौं उपत्यकाबाट रहेका छन् ।
पछिल्लो परिक्षणबाट काठमाडौं उपत्यकामा ७ सय ३७ जना नयाँ संक्रमित थप भएका छन् । काठमाडौंमा ६ सय ५२ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा ६० र भक्तपुरमा २५ जना रहेका छन् ।
त्यस्तै सिराहामा २ सय ७४, सुनसरीमा ७०, मकवानपुरमा ४९, रुपन्देहीमा ४५, सप्तरी र बाँकेमा ४४/४४, मोरङमा ३५, सल्यानमा ३३, कास्कीमा ३२, झापा र गोरखामा १९/१९, काभ्रेपलान्चोकमा १८, सुर्खेत र कैलालीमा १४/१४ जनामा संक्रमण देखिएको छ ।
त्यसैगरी अर्घाखाँचीमा ९, दाङमा ८, पर्सा र धादिङमा ७/७, भोजपुर र नवलपरासी (पुर्व) मा ५/५, वागलुङ र नवलपरासी (पश्चिम) मा ४/४, धनुषा, दोलखा, तनहुँ र रोल्पामा ३/३ जनामा संक्रमण भेटिएको छ ।
धनकुटा, लमजुङ, स्याङ्जा, गुल्मी, पाल्पा, बर्दिया र दैलेखमा २/२ जना र उदयपुर, ओखलढुङ्गा, खोटाङ, बारा, महोत्तरी, रौतहट, सर्लाही, चितवन, नुवाकोट, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली, म्याग्दी, कपिलवस्तु, जाजरकोट, रुकुमपश्चिम र अछाममा एक/एक जनामा कोरोना पोजेटिभ पाइएको छ ।
प्रदेशहरुमा वागमती प्रदेशमा ८ सय १९, प्रदेश २ मा ३ सय ३२, प्रदेश एकमा एक सय ३४, प्रदेश ५ मा एक सय २०, गण्डकी प्रदेशमा ६८, कर्णाली प्रदेशमा ५१ र सुदुरपश्चिम प्रदेशमा १५ जना संक्रमित थप भएका छन् ।
Categorized in राष्ट्रिय