arin enterprises

एक हजार २४६ नयाँ संक्रमित थपिए

SamacharDesk – बिकाश | २०७७ आश्विन १, बिहिबार

नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाईरस (कोभिड १९) का एक हजार २ सय ४६ जना नयाँ संक्रमित थप भएका छन् ।

तीमध्ये ४ सय २८ जना महिला छन् भने ८ सय १८ जना पुरुषहरु रहेका छन् ।

योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ५९ हजार ५ सय ७३ पुगेको छ ।

पछिल्लो पटक एक हजार २ सय ४३ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या ४२ हजार ९ सय ४९ पुगेको छ ।

आजसम्ममा पिसिआर विधिबाट ८ लाख ८२ हजार ९ सय १५ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा १० हजार ६ सय ४१ जनाको नमूना परिक्षणहरु भएका छन् ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ७ हजार ८ सय ८३ रहेको छ ।

सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ४१ जना रहेका छन् । तीमध्ये होम आइसोलेसनमा ८ हजार ३ सय ३८ रहेको छ भने संस्थागत आइसोलेसनमा ७ हजार ९ सय ३ जना छन् ।

देशभरीमा उपचाररत संक्रमितमध्ये एक सय ८२ जना आइसीयूमा उपचाररत छन् । 

प्रदेश एकमा ७ जना, प्रदेश २ मा ९, वागमती प्रदेशमा एक सय २९, गण्डकी प्रदेशमा ६, प्रदेश ५ मा २२ र कर्णाली प्रदेशमा ९ जना कोरोना संक्रमित विरामी आइसीयूमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश एकमा एक जना, वागमती प्रदेशमा ३७ जना, र सुदुरपश्चिम प्रदेशमा एक जना समेत जम्मा ३९ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।

पछिल्लो पटक थप ३ महिला र पुरुष एक जना गरी ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्ममा जम्मा तीन सय ८३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

Categorized in राष्ट्रिय