एक हजार २४६ नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकामा ६ सय १८
SamacharDesk – बिकाश | २०७७ आश्विन १, बिहिबार

नेपालमा पछिल्लो २४ घन्टामा गरिएको स्वाब नमूना परिक्षणमा ५० जिल्लाबाट एक हजार २ सय ४६ नयाँ संक्रमित थप भएकोमध्ये ६ सय १८ जना काठमाडौं उपत्यकाबाटै रहेका छन् ।
आज पनि सबैभन्दा बढि काठमाडौंबाट ५ सय ७ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा ६१ र भक्तपुरमा ५० जनामा संक्रमण देखिएको छ ।
त्यसैगरी चितवनमा एक सय एक, मोरङमा ९४, मकवानपुरमा ६३, सुनसरीमा ५४, अछाममा २२, प्यूठान, बाँके र कैलालीमा २१/२१ जनामा संक्रमण भेटिएको छ ।
पर्सामा १९, डोटीमा १७, धनुषा, कास्की, नवलपरासी (पश्चिम) मा १६/१६, नवलपरासी (पूर्व) मा १५, बर्दियामा १३, झापा, सर्लाही र सिराहामा ११/११, बारा र दैलेखमा १०/१० जना नयाँ संक्रमित थप भएका छन् ।
सप्तरीमा ९, कन्चनपुरमा ८, रौतहटमा ७, महोत्तरी, सिन्धुपाल्चोक र बागलुङमा ४/४, दोलखा, गोरखा र रुपन्देहीमा ३/३, काभ्रेपलान्चोक, धादिङ र तनहुँमा २/२ जनामा कोरोना पोजेटिभ पाइएका छन् ।
उदयपुर, खोटाङ, धनकुटा, नुवाकोट, रामेछाप, लमजुङ, स्याङ्जा, कपिलवस्तु, गुल्मी, दाङ, पाल्पा, जाजरकोट, सुर्खेत, बझाङ र बैतडीमा एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।
प्रदेशहरुमा वागमती प्रदेशमा ७ सय ९५, प्रदेश एकमा एक सय ६२, प्रदेश २ मा ८७, प्रदेश ५ मा ७८, सुदुरपश्चिम प्रदेशमा ७०, गण्डकी प्रदेशमा ४२ र कर्णाली प्रदेशमा १२ जना नयाँ संक्रमित थप भएका छन् ।
Categorized in राष्ट्रिय