एकैदिनमा २ हजार २० नयाँ संक्रमित थप, ८७१ निको
SamacharDesk – बिकाश | २०७७ आश्विन २, शुक्रबार

नेपालमा आज एकै दिनमा कोरोना भाईरस (कोभिड १९) का दुई हजार २० जना नयाँ संक्रमित थप भएका छन् ।
तीमध्ये ६ सय ३९ जना महिला छन् भने एक हजार ३ सय ८१ जना पुरुषहरु रहेका छन् ।
योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ६१ हजार ५ सय ९३ पुगेको छ ।
पछिल्लो पटक ८ सय ७१ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या ४३ हजार ८ सय २० पुगेको छ ।
आजसम्ममा पिसिआर विधिबाट ८ लाख ९४ हजार ३ सय ७३ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा ११ हजार ४ सय ५८ जनाको नमूना परिक्षणहरु भएका छन् ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ७ हजार ७ सय ३६ रहेको छ ।
सक्रिय संक्रमितको संख्या १७ हजार ३ सय ८३ जना रहेका छन् । तीमध्ये होम आइसोलेसनमा ८ हजार ८८ रहेको छ भने संस्थागत आइसोलेसनमा ९ हजार २ सय ९५ जना छन् ।
देशभरीमा उपचाररत संक्रमितमध्ये एक सय ७३ जना आइसीयूमा उपचाररत छन् ।
प्रदेश एकमा ७ जना, प्रदेश २ मा ४, वागमती प्रदेशमा एक सय २६, गण्डकी प्रदेशमा ६, प्रदेश ५ मा २० र कर्णाली प्रदेशमा १० जना कोरोना संक्रमित विरामी आइसीयूमा उपचाररत छन् ।
त्यसैगरी प्रदेश एकमा एक जना, वागमती प्रदेशमा ३४ जना र प्रदेश ५ मा एक जना समेत जम्मा ३६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।
पछिल्लो पटक थप २ महिला र पुरुष ५ जना गरी ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्ममा जम्मा तीन सय ९० जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।
Categorized in राष्ट्रिय