arin enterprises

२ हजार २० नयाँ संक्रमितमध्ये वागमती प्रदेशमै एक हजार ११६

SamacharDesk – बिकाश | २०७७ आश्विन २, शुक्रबार

पछिल्लो २४ घन्टाको स्वाब नमूना परिक्षणमा पनि कोरोनाभाईरस (कोभिड १९) का सबैभन्दा बढि नयाँ संक्रमित काठमाडौं उपत्यकामै भेटिएका छन् ।

काठमाडौं उपत्यकामा ८ सय ५९ जना नयाँ संक्रमित थप भएकोमा काठमाडौंमा मात्रै ६ सय ९८ जना रहेका छन् भने भक्तपुरमा ८२ र ललितपुरमा ७९ जना रहेका छन् ।

त्यस्तै चितवनमा एक सय ९१, मोरङमा एक सय १८, सुर्खेतमा एक सय १७, कास्की र रुपन्देहीमा ८६/८६, बारामा ७८, सुनसरीमा ५८, सप्तरीमा ४५, नवलपरासी (पश्चिम) मा ४१, नवलपरासी (पुर्व) मा ३९, मकवानपुरमा ३०, दाङमा २४ र रुकुमपश्चिममा २३ जना संक्रमित भेटिएका छन् ।

त्यसैगरी सिराहामा १९, बर्दियामा १८, पर्सा र कैलालीमा १७/१७, अछाममा १६, धादिङमा १४, गोरखामा १२ जनामा संक्रमण पुष्टि भएको छ ।

धनुषा, अर्घाखाँची र रोल्पामा ९/९, कन्चनपुरमा ७, झापा, रौतहट, काभ्रेपलान्चोक, नुवाकोट, रामेछाप, लमजुङ, कपिलवस्तु र गुल्मीमा ६/६, तनहुँमा ५, सिन्धुपाल्चोक, पाल्पा र बाजुरामा ३/३, उदयपुर, भोजपुर, सर्लाही, बाँके र वैतडीमा २/२ जनामा कोरोना पोजेटिभ पाइएको छ ।

ओखलढुङ्गा, दोलखा, दैलेख, प्यूठान, डोटी र बझाङमा एक/एक जना संक्रमित देखिएका छन् ।

प्रदेशहरुमा वागमती प्रदेशमा एक हजार एक सय १६, प्रदेश ५ मा २ सय ५ जना, प्रदेश एकमा एक सय ८७, प्रदेश २ मा एक सय ७६, गण्डकी प्रदेशमा एक सय ४८, कर्णाली प्रदेशमा एक सय ४१ र सुदुरपश्चिम प्रदेशमा ४७ जना संक्रमित थप भएका छन् ।

Categorized in राष्ट्रिय