arin enterprises

काठमाडौं उपत्यकामा ७ सय ११ कोरोना संक्रमित थप

SamacharDesk – बिकाश | २०७७ आश्विन ३, शनिबार

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ७ सय ११ जना नयाँ संक्रमित थपिएका छन् । तीमध्ये काठमाडौंमा ५ सय ७० जना छन् भने भक्तपुरमा ८३ र ललितपुरमा ५८ जना रहेका छन् ।

त्यस्तै बारामा एक सय ११, नवलपरासी (पुर्व) मा ४५, मोरङमा ३३, दाङमा २८, सुनसरीमा २३, दार्चुलामा २१ र बाँकेमा २० जना संक्रमित भेटिएका छन् ।

त्यसैगरी सप्तरीमा १९, मकवानपुरमा १८, सर्लाहीमा १५, काभ्रेपलान्चोकमा १४, धादिङ र कास्कीमा १३/१३ जनामा संक्रमण देखिएको छ ।

रामेछापमा ९, सिराहा र कैलालीमा ८/८, चितवन र सिन्धुलीमा ७/७, झापा र पर्सामा ६/६, दोलखा, तनहुँ र लमजुङमा ५/५, नुवाकोट, सिन्धुपाल्चोक, गोरखा र बर्दियामा ४/४, स्याङ्जा, अर्घाखाँची, कपिलवस्तु, सुर्खेत, डडेलधुरा र वैतडीमा ३/३ जनामा संक्रमण पुष्टि भएको छ 

धनुषा, रौतहट, पर्वत, पाल्पा, दैलेख र कन्चपुरमा २/२ र खोटाङ, महोत्तरी, नवलपरासी (पश्चिम), प्यूठान र रुपन्देहीमा एक/एक जना कोरोना पोजेटिभ पाइएका छन् ।

प्रदेशहरुमा वागमती प्रदेशमा ७ सय ९२, प्रदेश २ मा एक सय ६४, गण्डकी प्रदेशमा ७७, प्रदेश एकमा ६६, प्रदेश ५ मा ६३, सुदुरपश्चिम प्रदेशमा ३७ र कर्णाली प्रदेशमा ५ जना कोरोना संक्रमित थपिएका छन् ।

Categorized in राष्ट्रिय