arin enterprises

१३५६ नयाँ संक्रमित थपिए, संक्रमित संख्या ६६६३२

SamacharDesk – रक्षण राजोपाध्याय | २०७७ आश्विन ६, मंगलबार

नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ३ सय ५६ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

तीमध्य काठमाडौं उपत्यकामा ६ सय ४७ जना नयाँ संक्रमित भेटिएका छन् । जसमध्ये ५ सय ११ काठमाडौंका छन् भने ललितपुरमा ७३ जना र भक्तपुरमा ६३ जना रहेका छन् ।

स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो ११ हजार १ सय ५४ जनाको पीसीआर परीक्षण गर्दा १३५६ जनामा संक्रमण देखिएको हो ।  आजसम्ममा पिसिआर विधिबाट कुल ९ लाख ३४ हजार ९ सय ७७ जनाको परिक्षण भएको छ । 

योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ६६ हजार ६ सय ३२ पुगेको छ ।

त्यस्तै  पछिल्लो २४ घण्टामा ८ सय २३ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या ४८ हजार ६१ पुगेको छ  ।

सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ४२ जना रहेका छन् । 

आज थप २ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ भने कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ सय २९ पुगेको छ । 

 

Categorized in राष्ट्रिय