काठमाडौं उपत्यकामा ६ सय ३७ जना सहित ११७२ जना संक्रमित
SamacharDesk – रक्षण राजोपाध्याय | २०७७ आश्विन ७, बुधबार

नेपालमा आज एक हजार १ सय ७२ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
तीमध्य काठमाडौं उपत्यकामा ६ सय ३७ जना नयाँ संक्रमित भेटिएका छन् । जसमध्ये ४ सय ९२ काठमाडौंका छन् भने ललितपुरमा ५० जना र भक्तपुरमा ९५ जना रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ मा ९ हजार ४ सय ९७ जनाको पीसीआर परीक्षण गर्दा ११७२ जनामा संक्रमण देखिएको हो । आजसम्ममा पिसिआर विधिबाट कुल ९ लाख ४४ हजार ४ सय ७४ जनाको परिक्षण भएको छ ।
योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ६७ हजार ८ सय ४ पुगेको छ ।
त्यस्तै १ हजार ८ सय ९३ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या ४९ हजार ९ सय ५४ जना पुगेको छ ।
सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ४२ जना रहेका छन् ।
आज थप ७ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ भने कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ सय ३६ पुगेको छ ।
Categorized in राष्ट्रिय
