arin enterprises

प्रदेश तथा जिल्ला अनुसार संक्रमितको संख्या

SamacharDesk – बिराज | २०७७ आश्विन ७, बुधबार

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ६ सय ३७ जना नयाँ संक्रमित थपिएका छन् । तीमध्ये काठमाडौंमा ४ सय ९२ जना छन् भने  भक्तपुरमा ९५ र ललितपुरमा ५०  जना रहेका छन् । 

त्यस्तै रुपन्देहीमा ६७ , सुर्खेतमा ४९, मोरङमा ४४, सुनसरीमा ३७, बाँकेमा ३०, गुल्मीमा २८, कास्की र अछाममा २२ जना संक्रमित भेटिएका छन् ।

त्यसैगरी सर्लाहीमा २१, बर्दियामा १९, डोटी १७, मकवानपुर र कैलालीमा १६, पाल्पामा १३, सप्तरीमा १२, सिराहामा ११, नवलपरासी(पूर्व) र काभ्रेपलान्चोकमा १०, झापामा ९,  तनहुँ र कपिलवस्तुमा ६, जनामा संक्रमण देखिएको छ । 

गोरखा, स्याङ्जा, लमजुङ, नवलपरासी र प्यूठानमा ५, बारामा ४, धनुषा र कन्चपुरमा ३ जनामा संक्रमण पुष्टि भएको छ ।

रौतहट, पाँचथर, नुवाकोट, दाङ, बाग्लुङ, दार्चुला, बैतडीमा २ जना तथा उदयपुर, ताप्लेजुङ, तेह्रथुम, संखवासभा, मोहत्तरी, चितवन, पर्वत, म्याग्दी, बझाङ मा एकरएक जना कोरोना पोजेटिभ पाइएका छन् ।

 प्रदेशहरुमा वागमती प्रदेशमा ६ सय ८०, प्रदेश ५मा १७५, प्रदेश १मा ९६, सुदुरपश्चिम प्रदेशमा ६१, गण्डकी प्रदेशमा ५७, प्रदेश २मा ५४, र कर्णाली प्रदेशमा ४९ जना कोरोना संक्रमित थपिएका छन् ।

 

Categorized in समाज