arin enterprises

१४९७ नयाँ संक्रमित थपिए, संक्रमित संख्या ६९३०१

SamacharDesk – रक्षण राजोपाध्याय | २०७७ आश्विन ८, बिहिबार

नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ४ सय ९७ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा ७ सय ५५ जना नयाँ संक्रमित भेटिएका छन् । जसमध्ये ६ सय ९ काठमाडौंका छन् भने ललितपुरमा ९५ जना र भक्तपुरमा ५१ जना रहेका छन् ।

योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ६९ हजार ३ सय १ पुगेको छ ।

पछिल्लो पटक ४ सय ५७ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या ५० हजार ४ सय ११ पुगेको छ  ।

आजसम्ममा पिसिआर विधिबाट ९ लाख ५५ हजार ९ सय २३ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा ११ हजार ४ सय ४९ वटा नमूनाको परिक्षणहरु भएका छन् ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ६ हजार ५ सय ६५ रहेको छ । 

सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय ३७ जना रहेका छन् । 

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ सय ५३ पुगेको छ । आज १७ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

Categorized in राष्ट्रिय