arin enterprises

१३१३ नयाँ संक्रमित थपिए, संक्रमित संख्या ७०६१४

SamacharDesk – बिराज | २०७७ आश्विन ९, शुक्रबार

नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ३ सय १३ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा ६ सय ४५ जना नयाँ संक्रमित भेटिएका छन् । जसमध्ये ५ सय ३ काठमाडौंका छन् भने ललितपुरमा ९१ जना र भक्तपुरमा ५१ जना रहेका छन् ।

योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ७० हजार ६ सय १४ पुगेको छ ।

पछिल्लो पटक १ हजार ४ सय ५५ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या ५१ हजार ८ सय ६६ पुगेको छ  ।

आजसम्ममा पिसिआर विधिबाट ९ लाख ६८ हजार १ सय ८५ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा १२ हजार २ सय ६२ वटा नमूनाको परिक्षणहरु भएका छन् ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ६ हजार ४ सय ६४ रहेको छ । 

सक्रिय संक्रमितको संख्या १८ हजार २ सय ८९ जना रहेका छन् । 

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ सय ५९ पुगेको छ । आज ६ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

Categorized in राष्ट्रिय