arin enterprises

१२०७ नयाँ संक्रमित थपिए, संक्रमित संख्या ७१८२१

SamacharDesk – रक्षण राजोपाध्याय | २०७७ आश्विन १०, शनिबार

नेपालमा पछिल्लो २४ घन्टामा १ हजार २ सय ७ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा ७ सय २४ जना नयाँ संक्रमित भेटिएका छन् । जसमध्ये ५ सय ८३ काठमाडौंका छन् भने ललितपुरमा ७८ जना र भक्तपुरमा ६३ जना रहेका छन् ।

योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ७१ हजार ८ सय २१ पुगेको छ ।

पछिल्लो पटक १ हजार १ सय ४७ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या ५३ हजार १३ पुगेको छ  ।

आजसम्ममा पिसिआर विधिबाट ९ लाख ७८ हजार २ सय ४ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा १० हजार १९ वटा नमूनाको परिक्षणहरु भएका छन् ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ६ हजार ३ सय ३१ रहेको छ । 

संस्थागत आइशोलेशनमा ७ हजार ८ सय ३३ रहेका छन् भने होम आइशोलेशनमा १० हजार ५ सय ८ रहेका छन् ।

सक्रिय संक्रमितको संख्या १८ हजार ३ सय ४१ जना रहेका छन् । 

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ सय ६७ पुगेको छ । आज ८ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

Categorized in राष्ट्रिय