एक हजार ५७३ नयाँ संक्रमित थपिए
SamacharDesk – बिकाश | २०७७ आश्विन ११, आइतबार

नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ५ सय ७३ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
तीमध्ये ५ सय २४ जना महिला छन् भने एक हजार ४९ जना पुरुष रहेका छन् ।
योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या ७३ हजार ३ सय ९४ पुगेको छ ।
पछिल्लो पटक ८ सय ८५ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या ५३ हजार ८ सय ९८ पुगेको छ ।
आजसम्ममा पिसिआर विधिबाट ९ लाख ८८ हजार ३ सय २७ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा १० हजार एक सय २३ वटा नमूनाको परिक्षणहरु भएका छन् ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ६ हजार २ सय ८१ रहेको छ ।
सक्रिय संक्रमितको संख्या १९ हजार १९ जना रहेका छन् ।
संस्थागत आइशोलेशनमा ८ हजार ३ सय २१ जना रहेका छन् भने होम आइशोलेशनमा रहनेको संख्या १० हजार ६ सय ९८ रहेका छन् ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ सय ७७ पुगेको छ । आज एक महिला र ९ पुरुष गरी जम्मा १० जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Categorized in राष्ट्रिय