arin enterprises

काठमाडौं उपत्यकामा ८ सय ९ संक्रमित थप

SamacharDesk – बिकाश | २०७७ आश्विन ११, आइतबार

आज ४८ जिल्लामा थपिएका एक हजार ५ सय ७३ जना नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकाभित्र ८ सय ९ जना रहेका छन् ।

पछिल्लो २४ घन्टामा काठमाडौंमा ६ सय ३३ जना रहेका छन् भने ललितपुरमा एक सय ४ र भक्तपुरमा ७२ जना छन् ।

त्यस्तै मोरङमा एक सय ५२, चितवनमा ८३, सुर्खेतमा ७६, कैलालीमा ५६, रुपन्देहीमा ४७, बर्दिया र बाँकेमा ३३/३३, बागलुङमा ३२, दाङमा ३०, कास्कीमा २८, बझाङमा २४ र बारा र लमजुङमा २०/२० जना रहेका छन् ।

त्यसैगरी पर्सामा १७, रौतहटमा १६, कन्चनपुरमा १३, सल्यानमा १२, सप्तरी र नवलपरासी (पुर्व) मा ८/८, कपिलवस्तुमा ६, रोल्पामा ५, तनहुँ र दैलेखमा ४/४, झापा, सुनसरी, महोत्तरी, नुवाकोट, सिन्धुपाल्चोक र स्याङ्जामा ३/३ जनामा संक्रमण पुष्टि भएको छ ।

गुल्मी, प्यूठान र अछाममा २/२ जना र भोजपुर, धनुषा, सर्लाही, सिराहा, धादिङ, मकवानपुर, रामेछाप, गोरखा, रसुवा, अर्घाखाँची, नवलपरासी (पश्चिम), डोटी र वैतडीमा एक/एक जना संक्रमित देखिएका छन् ।

प्रदेशहरुमा वागमती प्रदेशमा ९ सय २, प्रदेश ५ मा एक सय ६०, प्रदेश एकमा एक सय ५९, सुदुरपश्चिम प्रदेशमा ९७, गण्डकी प्रदेशमा ९६, कर्णाली प्रदेशमा ९२ र प्रदेश २ मा ६७ जना नयाँ संक्रमित थपिएका छन् ।

Categorized in राष्ट्रिय