एक हजार ३५१ नयाँ संक्रमित थप, ७४२ निको भए
SamacharDesk – बिकाश | २०७७ आश्विन १२, सोमबार

नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ३ सय ५१ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
तीमध्ये ४ सय ३६ जना महिला छन् भने ९ सय १५ जना पुरुष रहेका छन् ।
योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या ७४ हजार ७ सय ४५ पुगेको छ ।
पछिल्लो पटक ७ सय ४२ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या ५४ हजार ६ सय ४० पुगेको छ ।
आजसम्ममा पिसिआर विधिबाट ९ लाख ९८ हजार ४ सय ७ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा १० हजार ८० वटा नमूनाको परिक्षणहरु भएका छन् ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ६ हजार ३ सय १० रहेको छ ।
सक्रिय संक्रमितको संख्या १९ हजार ६ सय २४ जना रहेका छन् ।
संस्थागत आइशोलेशनमा ८ हजार ६ सय ९५ जना रहेका छन् भने होम आइशोलेशनमा रहनेको संख्या १० हजार ९ सय २९ रहेका छन् ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ सय ८१ पुगेको छ । आज दुई महिला र दुई जना पुरुष गरी जम्मा ४ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Categorized in राष्ट्रिय