arin enterprises

एक हजार ३५१ संक्रमितमध्ये काठमाडौं उपत्यकामा ८१७

SamacharDesk – बिकाश | २०७७ आश्विन १२, सोमबार

पछिल्लो २४ घन्टामा थप भएका एक हजार ३ सय ५१ नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकामै ८ सय १७ जना रहेका छन् ।

५५ जिल्लाबाट नयाँ संक्रमितहरु भेटिएकोमा काठमाडौंमा ६ सय ४९ जना रहेका छन् भने ललितपुरमा एक सय ३२ र भक्तपुरमा ३६ जना छन् ।

त्यसैगरी सिराहामा ५५, कैलालीमा ५०, मोरङमा ४९, मकवानपुरमा ४०, सुर्खेतमा २९, महोत्तरीमा २५, धनुषामा २२, सुनसरी, नवलपरासी (पुर्व) र रुपन्देहीमा २०/२० जना रहेका छन् ।

त्यस्तै चितवन र तनहुँमा १७/१७, बाँकेमा १६, बझाङमा १४, अछाममा १३, धादिङमा ११, सप्तरी र काभ्रेपलान्चोकमा १०/१०, पर्सा, सिन्धुपाल्चोक र लमजुङमा ७/७, सर्लाहीमा ६, कपिलवस्तु, गुल्मी र नवलपरासी (पश्चिम)मा ५/५, सिन्धुली र कास्कीमा ४/४ जनामा संक्रमण पुष्टि भएको छ ।

बारा, नुवाकोट, गोरखा, पर्वत र स्याङ्जामा ३/३, इलाम, खोटाङ, झापा, भोजपुर, तेर्‍हथुम, दाङ, प्यूठान, बर्दिया, कालिकोट, जाजरकोट, दैलेख र सल्यानमा २/२ जना संक्रमित भेटिएका छन् ।

ओखलढुङ्गा, पाँचथर, संखुवासभा, रौतहट, दोलखा, बागलुङ, अर्घाखाँची र वैतडीमा एक/एक जना संक्रमित पाइएका छन् ।

प्रदेशहरुमा वागमती प्रदेशमा ९ सय १०, प्रदेश २ मा एक सय २९, प्रदेश एकमा ८२, सुदुरपश्चिम प्रदेशमा ७८, गण्डकी प्रदेश र प्रदेश ५ मा ५८/५८ र कर्णाली प्रदेशमा ३७ जना नयाँ संक्रमित थप भएका छन् ।

Categorized in राष्ट्रिय