arin enterprises

पिसिआर परिक्षण १० लाख नाघ्यो, एक हजार ५१३ नयाँ संक्रमित थप

SamacharDesk – बिकाश | २०७७ आश्विन १३, मंगलबार

नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ५ सय १३ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

तीमध्ये ५ सय ५६ जना महिला छन् भने ९ सय ५७ जना पुरुष रहेका छन् ।

योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या ७६ हजार २ सय ५८ पुगेको छ ।

पछिल्लो पटक ७ सय ३१ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या ५५ हजार ३ सय ७१ पुगेको छ  ।

आजसम्ममा पिसिआर विधिबाट १० लाख ९ हजार २ सय ९८ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा १० हजार ८ सय ९१ वटा नमूनाको परिक्षणहरु भएका छन् ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ६ हजार ७ सय ७८ रहेको छ । 

सक्रिय संक्रमितको संख्या १९ हजार ३ सय ९६ जना रहेका छन् । 

संस्थागत आइशोलेशनमा ९ हजार ६ सय ८९ जना रहेका छन् भने होम आइशोलेशनमा रहनेको संख्या  १० हजार ७ सय ७ रहेका छन् ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ सय ९१ पुगेको छ । आज ३ महिला र ७ जना पुरुष गरी जम्मा १० जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Categorized in राष्ट्रिय