वागमती प्रदेशमा हजार बढि नयाँ संक्रमित, काठमाडौं उपत्यकामा ९ सय ३४
SamacharDesk – बिकाश | २०७७ आश्विन १३, मंगलबार

पछिल्लो २४ घन्टामा थप हुने एक हजार ५ सय १३ नयाँ संक्रमितमध्ये एक हजार बढि वागमती प्रदेशबाटै रहेका छन् भने काठमाडौं उपत्यकाबाट ९ सय ३४ जना रहेका छन् ।
पछिल्लो पटक काठमाडौंमा ७ सय ४७ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा एक सय १४ र भक्तपुरमा ७३ जना रहेका छन् ।
त्यस्तै मोरङमा एक सय एक, रुपन्देहीमा ९५, चितवनमा ६२, बाँकेमा ४१, सुनसुरीमा ३२, कैलालीमा २७, पर्सामा २३, बर्दियामा १९, कपिलवस्तुमा १८, कास्कीमा १६, नवलपरासी (पुर्व) मा १५, काभ्रेपलान्चोकमा १३, दाङमा ११ र धनुषामा १० जना रहेका छन् ।
झापामा ९, सिराहा र कन्चनपुरमा ८/८, वैतडीमा ७, सर्लाही, मकवानपुर र पाल्पामा ६/६, सप्तरी र नवलपरासी (पश्चिम) मा ५/५, बारा, धादिङ र नुवाकोटमा ४/४ र सिन्धुलीमा ३ जना नयाँ संक्रमित भेटिएका छन् ।
त्यसैगरी उदयपुर, तेहथुम, महोत्तरी, गोरखा, स्याङ्जा र गुल्मीमा २/२ जना र इलाम, ओखलढुङ्गा, भोजपुर, रामेछाप, सिन्धुपाल्चोक, रोल्पा, रुकुमपश्चिम, डडेलधुरा र डोटीमा एक/एक जना कोरोना पोजेटिभ पाइएका छन् ।
प्रदेशहरुमा अन्य प्रदेशमा नयाँ संक्रमित संख्या २ सय नपुग्दा वागमती प्रदेशमा एक हजार नाघेको छ । वागमती प्रदेशमा एक हजार २८ जना नयाँ संक्रमित थप भएका छन् ।
त्यसैगरी प्रदेश ५ मा एक सय ९८, प्रदेश एकमा एक सय ४९, प्रदेश २ मा ५८, सुदुरपश्चिम प्रदेशमा ४४, गण्डकी प्रदेशमा ३५ र कर्णाली प्रदेशमा एक जना नयाँ संक्रमित थपिएको छ ।
Categorized in राष्ट्रिय