arin enterprises

एक हजार ५५९ नयाँ संक्रमित थप, कुल संक्रमित संख्या ७७ हजार ८१७

SamacharDesk – बिकाश | २०७७ आश्विन १४, बुधबार

नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ५ सय ५९ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

तीमध्ये ५ सय ८२ जना महिला छन् भने ९ सय ७७ जना पुरुष रहेका छन् ।

योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या ७७ हजार ८ सय १७ पुगेको छ ।

पछिल्लो पटक एक हजार ५७ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या ५६ हजार ४ सय २८ पुगेको छ  ।

आजसम्ममा पिसिआर विधिबाट १० लाख २१ हजार ५ सय ३ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा १२ हजार २ सय ५ वटा नमूनाको परिक्षणहरु भएका छन् ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ५ हजार ४ सय २८ रहेको छ । 

सक्रिय संक्रमितको संख्या २० हजार ८ सय ९१ जना रहेका छन् । 

संस्थागत आइशोलेशनमा १० हजार ८७ जना रहेका छन् भने होम आइशोलेशनमा रहनेको संख्या १० हजार ८ सय ४ रहेका छन् ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ सय ९८ पुगेको छ । आज २ महिला र ५ जना पुरुष गरी जम्मा ७ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Categorized in राष्ट्रिय