arin enterprises

काठमाडौं उपत्यकामा ९ सय २ नयाँ संक्रमित भेटिए

SamacharDesk – बिकाश | २०७७ आश्विन १४, बुधबार

आज ५७ जिल्लाबाट थपिएका एक हजार ५ सय ५९ नयाँ संक्रमितमध्ये करीब ५८ प्रतिशत संक्रमित काठमाडौं उपत्यकाबाट रहेका छन् ।

काठमाडौं उपत्यकामा ९ सय २ जना नयाँ संक्रमित भेटिएका छन् । तीमध्ये काठमाडौंमा ६ सय ९७ जना छन् भने ललितपुरमा एक सय १२ र भक्तपुरमा ९३ जना रहेका छन् ।

त्यस्तै मोरङमा ९८, रुपन्देहीमा ७०, चितवनमा ६२, नवलपरासी (पुर्व) मा ४५, सुर्खेतमा ४१, सुनसरी र मकवानपुरमा ३८/३८, बाँकेमा २७, कैलालीमा २३ जनामा संक्रमण पुष्टि भएको छ ।

झापामा १९, पर्सामा १७, कास्कीमा १६, गोरखामा १५, महोत्तरीमा ११, बारा र बर्दियामा १०/१० जना संक्रमित भेटिएका छन् ।

त्यसैगरी काभ्रेपलान्चोकमा ९, धादिङ र डोटीमा ८/८, सप्तरीमा ७, सिन्धुपाल्चोक, पाल्पा र कन्चनपुरमा ६/६, तनहुँ, दाङ र दैलेखमा ५/५, कालिकोटमा ४ र दोलखा, नुवाकोट, सिन्धुली, स्याङ्जा र प्यूठानमा ३/३ जनामा संक्रमण देखिएको छ ।

सर्लाही, सिराहा, रामेछाप, लमजुङ, बागलुङ, कपिलवस्तु, रोल्पा, जुम्ला, हुम्ला, अछाम र डडेलुधरामा २/२ जना र उदयपुर, ताप्लेजुङ, भोजपुर, संखुवासभा, धनुषा, पर्वत, म्याग्दी, गुल्मी, नवलपरासी (पश्चिम), सल्यान र बझाङमा एक/एक जना कोरोना पोजेटिभ पाइएको छन् ।

प्रदेशहरुमा वागमती प्रदेशमा एक हजार ३६, प्रदेश एकमा एक सय ५९, प्रदेश ५ मा एक सय २७, गण्डकी प्रदेशमा ९०, कर्णाली प्रदेशमा ५५, प्रदेश २ मा ५० र सुदुरपश्चिम प्रदेशमा ४२ जना नयाँ संक्रमित थप भएका छन् ।

Categorized in राष्ट्रिय