arin enterprises

एक हजार ९११ नयाँ संक्रमित थप, सक्रिय संक्रमित २१ हजार नाघ्यो

SamacharDesk – बिकाश | २०७७ आश्विन १५, बिहिबार

नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ९ सय ११ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

तीमध्ये ६ सय २८ जना महिला छन् भने एक हजार २ सय ८३ जना पुरुष रहेका छन् ।

योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या ७९ हजार ७ सय २८ पुगेको छ ।

पछिल्लो पटक ९ सय ६१ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या ५७ हजार ३ सय ८९ पुगेको छ  ।

आजसम्ममा पिसिआर विधिबाट १० लाख ३३ हजार ९ सय ४७ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा १२ हजार ४ सय ४४ वटा नमूनाको परिक्षणहरु भएका छन् ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ५ हजार ७७ रहेको छ । 

सक्रिय संक्रमितको संख्या २१ हजार ८ सय ३० जना रहेका छन् । 

संस्थागत आइशोलेशनमा १० हजार ७ सय ६१ जना रहेका छन् भने होम आइशोलेशनमा रहनेको संख्या ११ हजार ६९ रहेका छन् ।

देशभरमा २ सय २० जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् । 

प्रदेश एकमा २०, प्रदेश २ मा १८, वागमती प्रदेशमा एक सय ८, गण्डकी प्रदेशमा ६, प्रदेश ५ मा ५२, कर्णाली प्रदेशमा १५ र सुदुरपश्चिम प्रदेशमा एक जना आइसीयूमा उपचाररत छन् ।

त्यस्तै प्रदेश एकमा ३ जना, वागमती प्रदेशमा १९ र प्रदेश ५ मा ३ जना गरी २५ जना भेन्टिलेटरमा छन् ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ सय ९ पुगेको छ । आज एक महिला र १० जना पुरुष गरी जम्मा ११ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Categorized in राष्ट्रिय