काठमाडौं उपत्यकामा ९ सय ४३ नयाँ संक्रमित थप
SamacharDesk – बिकाश | २०७७ आश्विन १५, बिहिबार

देशभरमा ५७ जिल्लाबाट थप भएका एक हजार ९ सय ११ जना नयाँ संक्रमितमध्ये ९ सय ४३ जना काठमाडौं उपत्यकाबाट रहेका छन् ।
पछिल्लो २४ घन्टामा नयाँ संक्रमण पुष्टि भएकोमध्ये काठमाडौंमा ८ सय १७ जना छन् भने ललितपुरमा ६८ र भक्तपुरमा ५८ जना रहेका छन् ।
त्यस्तै कैलालीमा एक सय ६१, मोरङमा एक सय ५, रुपन्देहीमा ९१, चितवनमा ८६, सुनसरीमा ६६, सिराहामा ३९, जुम्लामा ३७, बाँकेमा ३०, पर्सा र कास्कीमा २८/२८, कन्चनपुरमा २४ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी धनुषामा १९, काभ्रेपलान्चोक, धादिङ र मकवानपुरमा १७/१७, महोत्तरी र सप्तरीमा १६/१६, बारा, नवलपरासी (पुर्व) र बागलुङमा १४/१४, नुवाकोट र नवलपरासी (पश्चिम) मा १०/१० जना नयाँ संक्रमित भेटिएका छन् ।
दाङमा ९, तनहुँमा ८, कालिकोटमा ७, रामेछापमा ६, सर्लाही, गोरखा र रुकुमपुर्वमा ५/५, झापा, रौतहट, सिन्धुली, बर्दिया र वैतडीमा ४/४, उदयपुर, ओखलढुङ्गा, दोलखा, सिन्धुपाल्चोक, कपिलवस्तु, गुल्मी, पाल्पा, रुकुमपश्चिम र सल्यानमा ३/३ जनामा संक्रमण देखिएको छ ।
खोटाङ, पर्वत, लमजुङ, दैलेख, मुगु र बझाङमा २/२ र ताप्लेजुङ, भोजपुर, स्याङ्जा, अछाम र डडेलधुरामा एक/एक जना कोरोना पोजेटिभ पाइएको छन् ।
प्रदेशहरुमा वागमती प्रदेशमा एक हजार एक सय ६ जना, सुदुरपश्चिम प्रदेशमा एक सय ९३, प्रदेश एकमा एक सय ८५, प्रदेश ५ मा एक सय ५८, प्रदेश २ मा एक सय ४१, गण्डकी प्रदेशमा ७४ र कर्णाली प्रदेशमा ५४ जना नयाँ संक्रमित थपिएका छन् ।
Categorized in राष्ट्रिय