हालसम्मकै उच्च संख्यामा नयाँ संक्रमित थपिए
SamacharDesk – बिकाश | २०७७ आश्विन १६, शुक्रबार

नेपालमा पछिल्लो २४ घन्टामा दुई हजार ७ सय २२ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
तीमध्ये ९ सय ६५ जना महिला छन् भने एक हजार ७ सय ५७ जना पुरुष रहेका छन् ।
योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या ८२ हजार ४ सय ५० पुगेको छ ।
पछिल्लो पटक एकैपल्ट ३ हजार ३ सय ७ जना संक्रमित निको भएर घर फर्केका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या ६० हजार ६ सय ९६ पुगेको छ ।
आजसम्ममा पिसिआर विधिबाट १० लाख ४८ हजार ६ सय ८६ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा १४ हजार ७ सय ३९ वटा नमूनाको परिक्षणहरु भएका छन् ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ४ हजार ८ सय ८५ रहेको छ ।
सक्रिय संक्रमितको संख्या २१ हजार २ सय ३४ जना रहेका छन् ।
संस्थागत आइशोलेशनमा ९ हजार ४ सय ७४ जना रहेका छन् भने होम आइशोलेशनमा रहनेको संख्या ११ हजार ७ सय ६० रहेका छन् ।
देशभरमा २ सय १० जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् ।
प्रदेश एकमा २४, प्रदेश २ मा १७, वागमती प्रदेशमा एक सय ८, गण्डकी प्रदेशमा ६, प्रदेश ५ मा ४१, कर्णाली प्रदेशमा १३ र सुदुरपश्चिम प्रदेशमा एक जना आइसीयूमा उपचाररत छन् ।
त्यस्तै प्रदेश एकमा दुई जना, प्रदेश २ मा एक जना, वागमती प्रदेशमा २२, प्रदेश ५ मा ४ जना गरी २९ जना भेन्टिलेटरमा छन् ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ सय २० पुगेको छ । आज चार जना महिला र ७ जना पुरुष गरी जम्मा ११ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Categorized in राष्ट्रिय