थप भएका नयाँ संक्रमितमध्ये ६० प्रतिशत काठमाडौं उपत्यकामा
SamacharDesk – बिकाश | २०७७ आश्विन १६, शुक्रबार

देशभरका ६० जिल्लाबाट थप भएका २ हजार ७ सय २२ नयाँ संक्रमितमध्ये ६० प्रतिशतभन्दा बढि काठमाडौं उपत्यकामै रहेका छन् ।
पछिल्लो २४ घन्टामा पुष्टि हुने नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकाबाट एक हजार ६ सय ३८ जना रहेका छन् । काठमाडौंमा एक हजार २ सय ८० जनामा संक्रमण पुष्टि हुँदा भक्तपुरमा एक सय ९६ र ललितपुरमा एक सय ६२ जना रहेका छन् ।
त्यस्तै मोरङमा एक सय ५०, सुर्खेतमा एक सय २२, रुपन्देहीमा ९२, चितवनमा ८३, बाँकेमा ७०, मकवानपुरमा ५५, दाङमा २८, गुल्मीमा २६, पर्सामा २४, झापा, सुनसरी, काभ्रेपलान्चोक, धादिङ र नवलपरासी (पश्चिम) मा २३/२३ र सिराहामा २२ जना संक्रमित भेटिएका छन् ।
नवलपरासी (पुर्व) मा १६, सप्तरी र दार्चुलामा १५/१५, बारा र लमजुङमा १४/१४, सिन्धुली, कास्की र कैलालीमा १३/१३, बागलुङमा १२, नुवाकोट, पाल्पा र प्यूठानमा ११/११, सिन्धुपाल्चोक, अर्घाखाँची र दैलेखमा १०/१० जनामा संक्रमण देखिएको छ ।
बर्दियामा ९, अछाम र डोटीमा ८/८, तनहुँ, कपिलवस्तु र कन्चनपुरमा ७/७, महोत्तरी, सर्लाही र जुम्लामा ६/६, धनुषा र बझाङमा ५/५, रौतहट र गोरखामा ४/४ र रामेछाप, म्याग्दी, कालिकोट र वैतडीमा ३/३ जना कोरोना पोजेटिभ पाइएका छन् ।
उदयपुर, तेहथुम, दोलखा, स्याङ्जा र रोल्पामा २/२, खोटाङ, ताप्लेजुङ, संखुवासभा, पर्वत र बाजुरमा एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।
प्रदेशहरुमा वागमती प्रदेशमा एक हजार ८ सय ६१ जना, प्रदेश ५ मा २ सय ८९, प्रदेश एकमा २ सय ३, कर्णाली प्रदेशमा एक सय ४१, प्रदेश २ मा ९६, गण्डकी प्रदेशमा ७१ र सुदुरपश्चिम प्रदेशमा ६० जना नयाँ संक्रमित थपिएका छन् ।
Categorized in राष्ट्रिय