२ हजार १२० नयाँ संक्रमित थपिए
SamacharDesk – बिकाश | २०७७ आश्विन १७, शनिबार

नेपालमा पछिल्लो २४ घन्टामा दुई हजार एक सय २० जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
तीमध्ये ७ सय ६६ जना महिला छन् भने एक हजार ३ सय ५४ जना पुरुष रहेका छन् ।
योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या ८४ हजार ५ सय ७० पुगेको छ ।
पछिल्लो पटक एकैपल्ट २ हजार ४४ जना संक्रमित निको भएर घर फर्केका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या ६२ हजार ७ सय ४० पुगेको छ ।
आजसम्ममा पिसिआर विधिबाट १० लाख ६१ हजार ६ सय ६४ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा १२ हजार ९ सय ७८ वटा नमूनाको परिक्षणहरु भएका छन् ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ४ हजार २ सय ७३ रहेको छ ।
सक्रिय संक्रमितको संख्या २१ हजार ३ सय २ जना रहेका छन् ।
संस्थागत आइशोलेशनमा ९ हजार ७ सय ७३ जना रहेका छन् भने होम आइशोलेशनमा रहनेको संख्या ११ हजार ५ सय २९ रहेका छन् ।
देशभरमा २ सय १७ जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ३१ जना भेन्टिलेटरमा छन् ।
प्रदेश एकमा २२, प्रदेश २ मा १७, वागमती प्रदेशमा एक सय १६, गण्डकी प्रदेशमा ६, प्रदेश ५ मा ३७, कर्णाली प्रदेशमा १६ र सुदुरपश्चिम प्रदेशमा ३ जना आइसीयूमा उपचाररत छन् ।
त्यस्तै प्रदेश एकमा दुई जना, प्रदेश २ मा एक जना, वागमती प्रदेशमा २४, प्रदेश ५ मा ४ जना गरी ३१ जना भेन्टिलेटरमा छन् ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ सय २८ पुगेको छ । आज दुई जना महिला र ६ जना पुरुष गरी जम्मा ८ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Categorized in राष्ट्रिय