काठमाडौं उपत्यकामा एक हजार १७७, काठमाडौंमा एक हजार एक संक्रमित भेटिए
SamacharDesk – बिकाश | २०७७ आश्विन १७, शनिबार

पछिल्लो २४ घन्टामा ५७ जिल्लाबाट नयाँ संक्रमितहरु भेटिएका छन् भने सबैभन्दा बढि आज पनि काठमाडौंमै रहेका छन् ।
काठमाडौं उपत्यकामा एक हजार एक सय ७७ जनामा नयाँ संक्रमण देखिँदा काठमाडौंमा एक हजार एक जना रहेका छन् भने ललितपुरमा एक सय ९ र भक्तपुरमा ६७ जना छन् ।
त्यस्तै सुनसरीमा एक सय २२, मोरङमा एक सय ११, रुपन्देहीमा ९८, कैलालीमा ९३, रौतहटमा ८२, चितवनमा ७५, सुर्खेतमा ४३, बारामा २५ र कास्कीमा २२ जनामा संक्रमण पुष्टि भएको छ ।
सप्तरी र बाँकेमा १९/१९, पर्सामा १८, काभ्रेपलान्चोकमा १४, धनुषामा १३, मकवानपुरमा १२, तनहुँ र बर्दियामा १०/१०, झापा र दैलेखमा ९÷९, सिराहा, धादिङ, नुवाकोट र नवलपरासी (पुर्व) मा ८/८, उदयपुर र पाल्पामा ७/७ जनामा संक्रमण देखिएको छ ।
त्यसैगरी रामेछाप, सिन्धुली, गोरखा, कपिलवस्तु, नवलपरासी (पश्चिम) र प्यूठानमा ६/६, खोटाङ, महोत्तरी, सर्लाही र कन्चनपुरमा ५/५, ओखलढुङ्गा, दोलखा र दाङमा ४/४, संखुवासभा र लमजुङमा ३/३ जना संक्रमित भेटिएका छन् ।
सिन्धुपाल्चोक, स्याङ्जा, अर्घाखाँची, गुल्मी र डडेलधुरामा २/२, धनकुटा, पर्वत, म्याग्दी, बागलुङ, रोल्पा, कालिकोट, दार्चुला, बझाङ र बाजुरामा एक/एक जना कोरोना पोजेटिभ पाइएका छन् ।
प्रदेश अनुसार वागमती प्रदेशमा एक हजार ३ सय १२, प्रदेश एकमा २ सय ६२, प्रदेश २ मा एक सय ७५, प्रदेश ५ मा एक सय ६१, सुदुरपश्चिम प्रदेशमा एक सय ३, गण्डकी प्रदेशमा ५४ र कर्णाली प्रदेशमा ५३ जना नयाँ संक्रमित थपिएका छन् ।
Categorized in राष्ट्रिय