२ हजार २५३ नयाँ संक्रमित थप, सक्रिय संक्रमित संख्या २२ हजार बढि
SamacharDesk – बिकाश | २०७७ आश्विन १८, आइतबार

नेपालमा पछिल्लो २४ घन्टामा दुई हजार दुई सय ५३ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
तीमध्ये ८ सय ३० जना महिला छन् भने एक हजार ४ सय २३ जना पुरुष रहेका छन् ।
योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या ८६ हजार ८ सय २३ पुगेको छ ।
पछिल्लो पटक एकैपल्ट एक हजार ३ सय २९ जना संक्रमित निको भएर घर फर्केका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या ६४ हजार ६९ पुगेको छ ।
आजसम्ममा पिसिआर विधिबाट १० लाख ७४ हजार ४ सय ४८ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा १२ हजार ७ सय ८४ वटा नमूनाको परिक्षणहरु भएका छन् ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ४ हजार २ सय ३ रहेको छ ।
सक्रिय संक्रमितको संख्या २२ हजार २ सय १९ जना रहेका छन् ।
संस्थागत आइशोलेशनमा १० हजार ३ सय २६ जना रहेका छन् भने होम आइशोलेशनमा रहनेको संख्या ११ हजार ८ सय ९३ रहेका छन् ।
देशभरमा २ सय २६ जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ३४ जना भेन्टिलेटरमा छन् ।
प्रदेश एकमा २८, प्रदेश २ मा १७, वागमती प्रदेशमा एक सय १२, गण्डकी प्रदेशमा ६, प्रदेश ५ मा ४४, कर्णाली प्रदेशमा १५ र सुदुरपश्चिम प्रदेशमा ४ जना आइसीयूमा उपचाररत छन् ।
त्यस्तै प्रदेश एकमा एक जना, वागमती प्रदेशमा २७, प्रदेश ५ मा ६ जना गरी ३४ जना भेन्टिलेटरमा छन् ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ सय ३५ पुगेको छ । आज ४ जना महिला र ३ जना पुरुष गरी जम्मा ७ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Categorized in राष्ट्रिय