७० प्रतिशत बढि संक्रमित उपत्यकामा
SamacharDesk – बिकाश | २०७७ आश्विन १८, आइतबार

पछिल्लो २४ घन्टामा देशभरका ५२ जिल्लाबाट थप हुने नयाँ संक्रमितमध्ये ७०.९७ प्रतिशत संक्रमित काठमाडौं उपत्यकाबाट रहेका छन् ।
देशभरबाट दुई हजार दुई सय ५३ संक्रमित थप भएकोमा काठमाडौं उपत्यकामै एक हजार ५ सय ९९ जना रहेका छन् । तीमध्ये काठमाडौंमा मात्रै एक हजार ३ सय ७३ छन् भने ललितपुरमा एक सय ८७ र भक्तपुरमा ३९ जना रहेका छन् ।
त्यस्तै मोरङमा ८१, कैलालीमा ५५, सुर्खेतमा ५४, चितवन र रुपन्देहीमा ५२/५२, बाँकेमा ५०, नवलपरासी (पुर्व) मा ४०, मकवानपुरमा २२, कन्चनपुरमा २१ जना संक्रमित भेटिएका छन् ।
तनहुँमा १९, झापामा १६, पाल्पामा १५, नुवाकोटमा १४, बर्दियामा १३, काभ्रेपलान्चोकमा १०, धनुषा र दाङमा ९/९, सुनसरी, पर्सा, धादिङ, सिन्धुपाल्चोक र दैलेखमा ८/८, बारा, सिराहा र लमजुङमा ७/७, सर्लाहीमा ६ र रौतहट र प्यूठानमा ५/५ जनामा संक्रमण देखिएको छ ।
कास्की, स्याङ्जा, कपिलवस्तु र गुल्मीमा ४/४, खोटाङ, सप्तरी र बागलुङमा ३/३, उदयपुर, दोलखा, रामेछाप, रसुवा, रुकुम पश्चिम र सल्यानमा २/२, भोजपुर, संखुवासभा, महोत्तरी, नवलपरासी (पश्चिम), कालिकोट, डडेलधुरा, बझाङ र वैतडीमा एक/एक जना कोरोना पोजेटिभ पाइएका छन् ।
प्रदेश अनुसार वागमती प्रदेशमा एक हजार ७ सय १९, प्रदेश ५ मा एक सय ५३, प्रदेश एकमा एक सय १२, सुदुरपश्चिम प्रदेशमा ७९, गण्डकी प्रदेशमा ७७, कर्णाली प्रदेशमा ६७ र प्रदेश दुईमा ४६ जना नयाँ संक्रमित थप भएका छन् ।
Categorized in राष्ट्रिय