arin enterprises

२ हजार ४४० नयाँ संक्रमित थप, सक्रिय संक्रमित २३ हजार नाघ्यो

SamacharDesk – बिकाश | २०७७ आश्विन १९, सोमबार

नेपालमा पछिल्लो २४ घन्टामा दुई हजार ४ सय ४० जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

तीमध्ये ९ सय ३७ जना महिला छन् भने एक हजार ५ सय ३ जना पुरुष रहेका छन् ।

योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या ८९ हजार २ सय ६३ पुगेको छ ।

पछिल्लो पटक एकैपल्ट एक हजार एक सय ३३ जना संक्रमित निको भएर घर फर्केका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या ६५ हजार २ सय २ पुगेको छ ।

आजसम्ममा पिसिआर विधिबाट १० लाख ८८ हजार २ सय २९ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा १३ हजार ७ सय ८१ वटा नमूनाको परिक्षणहरु भएका छन् ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ४ हजार ३३ रहेको छ । 

सक्रिय संक्रमितको संख्या २३ हजार ५ सय ७ जना रहेका छन् । 

संस्थागत आइशोलेशनमा ११ हजार एक सय ९१ जना रहेका छन् भने होम आइशोलेशनमा रहनेको संख्या १२ हजार ३ सय १६ रहेका छन् ।

देशभरमा २ सय ४४ जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ४३ जना भेन्टिलेटरमा छन् । 

प्रदेश एकमा ३०, प्रदेश २ मा १७, वागमती प्रदेशमा एक सय २४, गण्डकी प्रदेशमा ६, प्रदेश ५ मा ४७, कर्णाली प्रदेशमा १६ र सुदुरपश्चिम प्रदेशमा ४ जना आइसीयूमा उपचाररत छन् ।

त्यस्तै प्रदेश एकमा ४ जना, प्रदेश २ मा २ जना, वागमती प्रदेशमा ३१, प्रदेश ५ मा ६ जना गरी ४३ जना भेन्टिलेटरमा छन् ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ सय ५४ पुगेको छ । आज ५ जना महिला र १४ जना पुरुष गरी जम्मा १९ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Categorized in राष्ट्रिय