काठमाडौं उपत्यकामा एक हजार ५३१ नयाँ संक्रमित थप
SamacharDesk – बिकाश | २०७७ आश्विन १९, सोमबार

पछिल्लो २४ घन्टामा थपिएका नयाँ संक्रमितमध्ये आज पनि सबैभन्दा बढि काठमाडौंमै भेटिएका छन् भने आजको जम्मा संक्रमितमध्ये ६२.७४ प्रतिशत काठमाडौं उपत्यकामा रहेका छन् ।
काठमाडौं उपत्यकामा एक हजार ५ सय ३१ संक्रमित भेटिएकोमा काठमाडौंमा मात्रै एक हजार एक सय ७८ जना रहेका छन् भने ललितपुरमा २ सय ५० र भक्तपुरमा एक सय ३ जना छन् ।
त्यस्तै एक सय २२ जना, चितवनमा एक सय ३, रौतहटमा ८४, नवलपरासी (पुर्व) मा ६६, रुपन्देहीमा ५८, मोरङमा ५५, काभ्रेपलान्चोक र कास्कीमा ३६, कैलालीमा ३३, सुर्खेतमा ३० र बाँकेमा २२ जना संक्रमित भेटिएका छन् ।
बागलुङमा १८, गोरखा र गुल्मीमा १७/१७, मकवानपुरमा १५, अर्घाखाँचीमा १३, धादिङ र रामेछापमा १२/१२, नुवाकोट र तनहुँमा १०/१० जनामा संक्रमण देखिएका छन् ।
त्यसैगरी सर्लाहीमा ९, झापा, पर्सा, बारा, कपिलवस्तु, बर्दियामा ८/८, सिराहा, दाङ, पाल्पा र कन्चनपुरमा ६/६ जना, उदयपुर, सप्तरी, सिन्धुपाल्चोक, नवलपरासी (पश्चिम) र प्यूठानमा ५/५, स्याङ्जामा ४ जना कोरोना पोजेटिभ पाइएका छन् ।
ओखलढुङ्गा, खोटाङ, पर्वत र दैलेखमा ३/३, महोत्तरी, सिन्धुली, म्याग्दी, डडेलधुरा, डोटी, दार्चुला र वैतडीमा २/२, इलाम, धनकुटा, तेहथुम, संखुवासभा, धनुषा, दोलखा, कालिकोट, रुकुमपश्चिम, सल्यान, अछाम, बझाङ र बाजुरामा एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।
प्रदेश अनुसार वागमती प्रदेशमा एक हजार ७ सय २७, प्रदेश एकमा २ सय, गण्डकी प्रदेशमा एक सय ५६, प्रदेश ५ मा एक सय ४८, प्रदेश २ मा एक सय २३, सुदुरपश्चिम प्रदेशमा ५० र कर्णाली प्रदेशमा ३६ जना नयाँ संक्रमित थपिएका छन् ।
Categorized in राष्ट्रिय