arin enterprises

एक हजार ५५१ नयाँ संक्रमित थप, संक्रमित संख्या ९० हजार नाघ्यो

SamacharDesk – बिकाश | २०७७ आश्विन २०, मंगलबार

नेपालमा पछिल्लो २४ घन्टामा एक हजार हजार ५ सय ५१ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

तीमध्ये ५ सय ९ जना महिला छन् भने एक हजार ४२ जना पुरुष रहेका छन् ।

योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या ९० हजार ८ सय १४ पुगेको छ ।

पछिल्लो पटक एकैपल्ट दुई हजार ३ सय ४० जना संक्रमित निको भएर घर फर्केका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या ६७ हजार ५ सय ४२ पुगेको छ ।

आजसम्ममा पिसिआर विधिबाट १० लाख ९९ हजार २ सय ७६ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा ११ हजार ४७ वटा नमूनाको परिक्षणहरु भएका छन् ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ४ हजार २ सय २१ रहेको छ । 

सक्रिय संक्रमितको संख्या २२ हजार ७ सय ९ जना रहेका छन् । 

संस्थागत आइशोलेशनमा ९ हजार एक सय १८ जना रहेका छन् भने होम आइशोलेशनमा रहनेको संख्या १३ हजार ५ सय ९१ रहेका छन् ।

देशभरमा २ सय ४३ जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ४० जना भेन्टिलेटरमा छन् । 

प्रदेश एकमा ३२, प्रदेश २ मा १४, वागमती प्रदेशमा एक सय २५, गण्डकी प्रदेशमा ६, प्रदेश ५ मा ४९, कर्णाली प्रदेशमा १६ र सुदुरपश्चिम प्रदेशमा एक जना संक्रमित आइसीयूमा उपचाररत छन् ।

त्यस्तै प्रदेश एकमा २ जना, प्रदेश २ मा २ जना, वागमती प्रदेशमा २९, प्रदेश ५ मा ७ जना गरी ४० जना भेन्टिलेटरमा छन् ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ सय ६३ पुगेको छ । आज ४ जना महिला र ५ जना पुरुष गरी जम्मा ९ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Categorized in राष्ट्रिय