६५ प्रतिशत बढि संक्रमित काठमाडौं उपत्यकामा
SamacharDesk – बिकाश | २०७७ आश्विन २०, मंगलबार

पछिल्लो २४ घन्टामा देशभरीबाट थपिएका नयाँ संक्रमितमध्ये ६५.५७ प्रतिशत संक्रमित काठमाडौं उपत्यकाबाट रहेका छन् ।
काठमाडौं उपत्यकामा एक हजार १७ नयाँ संक्रमित भेटिएकोमा ७ सय ८३ काठमाडौंबाट छन् भने एक सय १८ जना ललितपुर र एक सय १६ भक्तपुरबाट रहेका छन् ।
त्यस्तै रुपन्देहीमा ९६, चितवनमा ८१, दाङ र बाँकेमा ३४/३४, मोरङमा २७, काभ्रेपलान्चोकमा २४, गोरखा र कैलालीमा २०/२० जना नयाँ संक्रमित भेटिएका छन् ।
सुनसरीमा १९, महोत्तरीमा १५, नवलपरासी (पुर्व) मा १३, धनुषामा १२, सिराहा र कालिकोटमा १०/१० जनामा संक्रमण देखिएको छ ।
त्यसैगरी नवलपरासी पश्चिममा ९, सर्लाही र दैलेखमा ७/७, रौतहट, मकवानपुर र प्यूठानमा ६/६, धादिङ, नुवाकोट, स्याङ्जा र वैतडीमा ५/५, झापा, पाल्पा, रुकुम पश्चिम र कन्चनपुरमा ४/४, उदयपुर र सिन्धुपाल्चोकमा ३/३ जना कोरोना पोजेटिभ पाइएका छन् ।
इलाम, धनकुटा, पर्सा, बारा, सप्तरी, रामेछाप, सिन्धुली, कास्की, तनहुँ, अर्घाखाँची, कपिलवस्तु र गुल्मीमा २/२, खोटाङ, ताप्लेजुङ, दोलखा, म्याग्दी, लमजुङ, बागलुङ, बर्दिया, रोल्पा, सुर्खेत, डडेलधुरा, डोटी र बझाङमा एक/एक जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेशहरुमा वागमती प्रदेशमा एक हजार एक सय ४६, प्रदेश ५ मा एक सय ९१, प्रदेश एकमा ५९, प्रदेश २ मा ५६, गण्डकी प्रदेशमा ४५, सुदुरपश्चिम प्रदेशमा ३२ र कर्णाली प्रदेशमा २२ जना नयाँ संक्रमित थपिएका छन् ।
Categorized in राष्ट्रिय