arin enterprises

३ हजार बढि नयाँ संक्रमित थप, सक्रिय संक्रमित २५ हजार नाघ्यो

SamacharDesk – बिकाश | २०७७ आश्विन २१, बुधबार

नेपालमा पछिल्लो २४ घन्टामा एकै पल्ट ३ हजार बढि नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो परिक्षणमा ३ हजार ४ सय ३९ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको हो ।

तीमध्ये एक हजार २ सय ६१ जना महिला छन् भने दुई हजार एक सय ७८ जना पुरुष रहेका छन् ।

योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या ९४ हजार २ सय ५३ पुगेको छ ।

पछिल्लो पटक एकैपल्ट एक हजार एक सय २६ जना संक्रमित निको भएर घर फर्केका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या ६८ हजार ६ सय ६८ पुगेको छ ।

आजसम्ममा पिसिआर विधिबाट ११ लाख १३ हजार ४ सय ८५ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा १४ हजार २ सय ९ वटा नमूनाको परिक्षणहरु भएका छन् ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ४ हजार एक सय ६४ रहेको छ । 

सक्रिय संक्रमितको संख्या २५ हजार ७ जना रहेका छन् । 

संस्थागत आइशोलेशनमा १० हजार ५ सय ९६ जना रहेका छन् भने होम आइशोलेशनमा रहनेको संख्या १४ हजार ४ सय ११ रहेका छन् ।

देशभरमा २ सय ३३ जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ३७ जना भेन्टिलेटरमा छन् । 

प्रदेश एकमा २७, प्रदेश २ मा १४, वागमती प्रदेशमा एक सय २७, गण्डकी प्रदेशमा ६, प्रदेश ५ मा ४१, कर्णाली प्रदेशमा १७ र सुदुरपश्चिम प्रदेशमा एक जना संक्रमित आइसीयूमा उपचाररत छन् ।

त्यस्तै प्रदेश एकमा ४ जना, प्रदेश २ मा २ जना, वागमती प्रदेशमा २५, प्रदेश ५ मा ६ जना गरी ३७ जना भेन्टिलेटरमा छन् ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ सय ७८ पुगेको छ । आज ५ जना महिला र १० जना पुरुष गरी जम्मा १५ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Categorized in राष्ट्रिय