उपत्यकामा एक हजार ६८४ नयाँ संक्रमित थप
SamacharDesk – बिकाश | २०७७ आश्विन २१, बुधबार

पछिल्लो २४ घन्टामा गरिएको स्वाब नमूनाको परिक्षणबाट ६५ जिल्लामा भेटिएका नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकामा एक हजार ६ ८४ जना रहेका छन् ।
काठमाडौंमा एक हजार दुई सय ९६ जना नयाँ संक्रमित भेटिएका छन् भने ललितपुरमा २ सय ९३ जना र भक्तपुरमा ९५ जना रहेका छन् ।
त्यस्तै मोरङमा ३ सय २२, सुनसरीमा एक सय ९३, चितवनमा एक सय ३१, रुपन्देहीमा एक सय ३०, बाँकेमा एक सय ६, मकवानपुरमा ९९, सुर्खेतमा ७८, काभ्रेपलान्चोकमा ५१, दार्चुलामा ४८ जनामा संक्रमण पुष्टि भएको छ ।
रौतहट, कास्की र बागलुङमा ३४/३४, सप्तरी र कपिलवस्तुमा ३३/३३, सिन्धुलीमा ३०, कैलालीमा २५, दाङमा २४, झापा र बर्दियामा २२/२२ जना कोरोना पोजेटिभ पाइएका छन् ।
लमजुङ र पाल्पामा १९/१९, धनुषा र नवलपरासी (पश्चिम) मा १८/१८, सर्लाही र नवलपरासी (पुर्व) मा १७/१७, पर्सा र सिराहामा १५/१५, बारा, गोरखा र तनहुँमा १३/१३, सिन्धुपाल्चोकमा ११ र धादिङमा १० जना संक्रमण देखिएको छ ।
त्यसैगरी नुवाकोट, गुल्मी र सल्यानमा ९/९ जना, रामेछापमा ८, दोलखामा ६, महोत्तरी, दैलेख र अछाममा ५/५, उदयपुर, ओखलढुङ्गा र कन्चनपुरमा ४/४, खोटाङ, धनकुटा, संखुवासभा, पर्वत, स्याङ्जा, प्यूठान, रुकुमपश्चिम र डोटीमा ३/३ जना संक्रमित भेटिएका छन् ।
भोजपुर, म्याग्दी, अर्घाखाँची, रोल्पा र वैतडीमा २/२, इलाम, रुकुमपूर्व, कालिकोट, डोल्पा, डडेलधुरा र बझाङमा एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।
प्रदेशहरुमा वागमती प्रदेशमा दुई हजार ३९, प्रदेश एकमा ५ सय ५७, प्रदेश ५ मा ३ सय ६९, प्रदेश २ मा एक सय ५०, गण्डकी प्रदेशमा एक सय ३८, कर्णाली प्रदेशमा ८७ र सुदुरपश्चिम प्रदेशमा ८९ जना नयाँ संक्रमित थपिएका छन् ।
Categorized in राष्ट्रिय