४ हजार बढिमा संक्रमण पुष्टि
SamacharDesk – बिकाश | २०७७ आश्विन २२, बिहिबार

नेपालमा पछिल्लो २४ घन्टामा आजसम्मकै उच्च संख्यामा नयाँ संक्रमितहरु भेटिएका छन् । पछिल्लो पटक एकैपल्ट ४ हजार बढिमा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो परिक्षणमा ४ हजार ३ सय ६४ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको हो ।
तीमध्ये एक हजार ५ सय ६१ जना महिला छन् भने दुई हजार ८ सय ३ जना पुरुष रहेका छन् ।
योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या ९८ हजार ६ सय १७ पुगेको छ ।
पछिल्लो पटक दुई हजार ६ सय ७५ जना संक्रमित निको भएर घर फर्केका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या ७१ हजार ३ सय ४३ पुगेको छ ।
आजसम्ममा पिसिआर विधिबाट ११ लाख ३१ हजार ९ सय ५८ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा १८ हजार ४ सय ७३ वटा नमूनाको परिक्षणहरु भएका छन् ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ४ हजार ४ सय ६० रहेको छ ।
सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ जना रहेका छन् ।
संस्थागत आइशोलेशनमा ११ हजार ७ सय १७ जना रहेका छन् भने होम आइशोलेशनमा रहनेको संख्या १४ हजार ९ सय ७६ रहेका छन् ।
देशभरमा २ सय ३५ जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ४२ जना भेन्टिलेटरमा छन् ।
प्रदेश एकमा २९, प्रदेश २ मा १४, वागमती प्रदेशमा एक सय २८, गण्डकी प्रदेशमा ६, प्रदेश ५ मा ३९ र कर्णाली प्रदेशमा १९ संक्रमित आइसीयूमा उपचाररत छन् ।
त्यस्तै प्रदेश एकमा ४ जना, प्रदेश २ मा ३ जना, वागमती प्रदेशमा ३०, प्रदेश ५ मा ५ जना गरी ४२ जना भेन्टिलेटरमा छन् ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको छ । आज ४ जना महिला र ८ जना पुरुष गरी जम्मा १२ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Categorized in राष्ट्रिय