संक्रमित संख्या एक लाख नाघ्यो, मृतक संख्या ६ सय
SamacharDesk – बिकाश | २०७७ आश्विन २३, शुक्रबार

नेपालमा पछिल्लो २४ घन्टामा २ हजार ५९ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
तीमध्ये ७ सय ३२ जना महिला छन् भने एक हजार ३ सय २७ जना पुरुष रहेका छन् ।
योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या एक लाख ६ सय ७६ पुगेको छ ।
पछिल्लो पटक एक हजार ६ सय ८० जना संक्रमित निको भएर घर फर्केका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या ७३ हजार २३ पुगेको छ ।
आजसम्ममा पिसिआर विधिबाट ११ लाख ४५ हजार २ सय ३७ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा १३ हजार २ सय ७९ वटा नमूनाको परिक्षणहरु भएका छन् ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ४ हजार ७ सय ३ रहेको छ ।
सक्रिय संक्रमितको संख्या २७ हजार ५३ जना रहेका छन् ।
संस्थागत आइशोलेशनमा ११ हजार एक सय ७६ जना रहेका छन् भने होम आइशोलेशनमा रहनेको संख्या १५ हजार ८ सय ७७ रहेका छन् ।
देशभरमा ३ सय १८ जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ७५ जना भेन्टिलेटरमा छन् ।
प्रदेश एकमा ३५, प्रदेश २ मा २०, वागमती प्रदेशमा एक सय ९६, गण्डकी प्रदेशमा ६, प्रदेश ५ मा ४३ र कर्णाली प्रदेशमा १८ संक्रमित आइसीयूमा उपचाररत छन् ।
त्यस्तै प्रदेश एकमा ९ जना, प्रदेश २ मा २ जना, वागमती प्रदेशमा ५७, प्रदेश ५ मा ७ जना गरी ७५ जना भेन्टिलेटरमा छन् ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ सय पुगेको छ । आज एक जना महिला र ९ जना पुरुष गरी जम्मा १० जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Categorized in राष्ट्रिय