arin enterprises

काठमाडौं उपत्यकामा एक हजार ४०९ नयाँ संक्रमित भेटिए

SamacharDesk – बिकाश | २०७७ आश्विन २३, शुक्रबार

पछिल्लो परिक्षणमा काठमाडौं उपत्यकामा एक हजार ४ सय ९ जना संक्रमित थप भएका छन् । तीमध्ये काठमाडौंमा एक हजार एक सय १६ जना छन् भने ललितपुरमा एक सय ६३ र भक्तपुरमा एक सय ३० जना रहेका छन् ।

त्यसैगरी मोरङमा ८६, मकवानपुरमा ६९, दाङमा ६५, चितवनमा ५१, बाँकेमा ४५, काभ्रेपलान्चोकमा ४०, कास्कीमा २८, सुनसुरीमा २६, नवलपरासी (पुर्व) मा २५ जनामा नयाँ संक्रमण देखिएको छ ।

रामेछापमा १९, महोत्तरीमा १७, पर्सामा १५, गोरखामा १२, बारा र सिन्धुलीमा ११, रौतहट र बर्दियामा ९/९, झापा, तनहुँ र दैलेखमा ८/८, सर्लाही र धादिङमा ७/७, सिन्धुपाल्चोकमा ६, गुल्मी र कालिकोटमा ५/५ र नुवाकोटमा ४ जना संक्रमित भेटिएका छन् ।

खोटाङ, धनुषा, दोलखा, पर्वत, लमजुङ, अर्घाखाँची, प्यूठान, रुपन्देही, सुर्खेत र सल्यानमा ३/३, पाँचथर, बागलुङ, पाल्पा, रुकुमपुर्व, रोल्पा, कन्चनपुर र कैलालीमा २/२, उदयपुर, भोजपुर, संखुवासभा, सप्तरी, सिराहा, स्याङ्जा, कपिलवस्तु, रुकुमपश्चिम, डोटी र वैतडीमा एक/एक जना कोरोना पोजेटिभ पाइएका छन् ।

प्रदेश अनुसार वागमती प्रदेशमा एक हजार ६ सय १९, प्रदेश ५ मा एक सय ४०, प्रदेश एकमा एक सय २८, गण्डकी प्रदेशमा ८२, प्रदेश २ मा ६४, कर्णाली प्रदेशमा २० र सुदुरपश्चिम प्रदेशमा ६ जना नयाँ संक्रमित थप भएका छन् ।

Categorized in राष्ट्रिय