१२ हजार ४२७ नमूना परिक्षणमा २ हजार ७१ जनामा संक्रमण पुष्टि
SamacharDesk – बिकाश | २०७७ आश्विन २५, आइतबार

नेपालमा पछिल्लो २४ घन्टामा २ हजार ७१ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
तीमध्ये ७ सय २ जना महिला छन् भने एक हजार ३ सय ६९ जना पुरुष रहेका छन् ।
योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या एक लाख ७ हजार ७ सय ५५ पुगेको छ ।
पछिल्लो पटक एक हजार ५ सय ५२ जना संक्रमित निको भएर घर फर्केका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या ७५ हजार ८ सय ४ पुगेको छ ।
आजसम्ममा पिसिआर विधिबाट ११ लाख ७६ हजार ९ सय ८४ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा १२ हजार ४ सय २७ वटा नमूनाको परिक्षणहरु भएका छन् ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ४ हजार ६ सय १३ रहेको छ ।
सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय १५ जना रहेका छन् ।
संस्थागत आइशोलेशनमा १३ हजार ६ सय ४९ जना रहेका छन् भने होम आइशोलेशनमा रहनेको संख्या १७ हजार ६ सय ६६ रहेका छन् ।
देशभरमा ३ सय २९ जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ७६ जना भेन्टिलेटरमा छन् ।
प्रदेश एकमा ३२, प्रदेश २ मा २०, वागमती प्रदेशमा दुई सय दुई, गण्डकी प्रदेशमा ६, लुम्बिनी प्रदेशमामा ५०, कर्णाली प्रदेशमा १७ र सुदुरपश्चिम प्रदेशमा दुई जना संक्रमित आइसीयूमा उपचाररत छन् ।
त्यस्तै प्रदेश एकमा १० जना, प्रदेश २ मा २ जना, वागमती प्रदेशमा ५५, लुम्बिनी प्रदेशमा ९ जना गरी ७६ जना भेन्टिलेटरमा छन् ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ सय ३६ पुगेको छ । आज ५ जना महिला र १७ जना पुरुष गरी जम्मा २२ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Categorized in राष्ट्रिय