arin enterprises

२ हजार ७१ मध्ये एक हजार ४१६ संक्रमित उपत्यकामा

SamacharDesk – बिकाश | २०७७ आश्विन २५, आइतबार

पछिल्लो २४ घन्टामा थप भएका कोरोनाभाईरस (कोभिड १९) का नयाँ संक्रमितमध्ये ६८.३७ प्रतिशत संक्रमित काठमाडौं उपत्यकाबाट रहेका छन् ।

पछिल्लो पटक संक्रमण पुष्टि हुने नयाँ २ हजार ७१ संक्रमितमध्ये काठमाडौं उपत्यकामा एक हजार ४ सय १६ जना रहेका छन् । तीमध्ये काठमाडौंमा एक हजार एक सय ४५, ललितपुरमा एक सय ६१ र भक्तपुरमा एक सय १० जना रहेका छन् ।

त्यस्तै बर्दियामा एक सय ४, रुपन्देहीमा ९८, बागलुङ र कैलालीमा ३६/३६, अर्घाखाँचीमा ३४, दाङमा ३२, सप्तरीमा २८, नुवाकोटमा २५, कास्कीमा २४, गोरखा र बाँकेमा २०/२० जनामा संक्रमण पुष्टि भएको छ ।

कन्चनपुरमा १७, महोत्तरी र नवलपरासी (पश्चिम) मा १३/१३, उदयपुरमा १२, बारामा ११, कपिलवस्तु र डोटीमा १०/१० जनामा संक्रमण देखिएको छ ।

लमजुङ, दैलेख र रुकुमपश्चिममा ९/९, सिराहामा ७, धादिङमा ६, मकवानपुरमा ५, रौतहट, काभ्रेपलान्चोक, रामेछाप, सिन्धुपाल्चोक र गुल्मीमा ४/४, मोरङ, सर्लाही, चितवन, दोलखा, नवलपरासी (पुर्व), प्यूठान र डोल्पामा ३/३ जना नयाँ संक्रमित भेटिएका छन् ।

त्यसैगरी धनुषा, स्याङ्जा, पाल्पा, रुकुमपुर्व, कालिकोट, सुर्खेत, सल्यान र वैतडीमा २/२, ओखलढुङ्गा, झापा, सोलुखुम्बु, पर्सा, तनहुँ, पर्वत, रोल्पा, जुम्ला, अछाम र दार्चुलामा एक/एक जना कोरोना पोजेटिभ पाइएका छन् ।

प्रदेश अनुसार वागमती प्रदेशमा एक हजार ४ सय ७०, लुम्बिनी प्रदेशमा ३ सय २३, गण्डकी प्रदेशमा ९६, प्रदेश २ मा ६९, सुदुरपश्चिम प्रदेशमा ६७, कर्णाली प्रदेशमा २८ र प्रदेश एकमा १८ जना नयाँ संक्रमित थपिएका छन् ।

Categorized in राष्ट्रिय