arin enterprises

४ हजार बढिमा संक्रमण पुष्टि, सक्रिय संक्रमित बढ्दै

SamacharDesk – बिकाश | २०७७ आश्विन २६, सोमबार

नेपालमा पछिल्लो २४ घन्टामा ४ हजार ४७ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

तीमध्ये एक हजार ५ सय ६५ जना महिला छन् भने दुई हजार ४ सय ८२ जना पुरुष रहेका छन् ।

योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या एक लाख ११ हजार ८ सय २ पुगेको छ ।

पछिल्लो पटक एक हजार ४ सय ७३ जना संक्रमित निको भएर घर फर्केका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या ७७ हजार २ सय ७७ पुगेको छ ।

आजसम्ममा पिसिआर विधिबाट ११ लाख ९१ हजार ५ सय १४ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा १४ हजार ५ सय ३० वटा नमूनाको परिक्षणहरु भएका छन् ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ४ हजार ८ सय ३१ रहेको छ । 

सक्रिय संक्रमितको संख्या ३३ हजार ८ सय ८० जना रहेका छन् । 

संस्थागत आइशोलेशनमा १३ हजार ९ सय २३ जना रहेका छन् भने होम आइशोलेशनमा रहनेको संख्या १९ हजार ९ सय ५७ रहेका छन् ।

देशभरमा २ सय ७९ जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ६७ जना भेन्टिलेटरमा छन् । 

प्रदेश एकमा ३०, प्रदेश २ मा २०, वागमती प्रदेशमा एक सय ५५, गण्डकी प्रदेशमा ६, लुम्बिनी प्रदेशमामा ४७, कर्णाली प्रदेशमा १९ र सुदुरपश्चिम प्रदेशमा दुई जना संक्रमित आइसीयूमा उपचाररत छन् ।

त्यस्तै प्रदेश एकमा १५ जना, वागमती प्रदेशमा ४६, लुम्बिनी प्रदेशमा ६ जना गरी ६७ जना भेन्टिलेटरमा छन् ।

संक्रमण शुन्य भएको जिल्लामा मनाङ मात्रै रहेको छ ।

५ सय भन्दा बढि संक्रमित भएको जिल्लामा प्रदेश एकमा मोरङ र सुनसरी, वागमती प्रदेशमा काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र मकवानपुर रहेको छ भने लुम्बिनी प्रदेशमा बाँके र रुपन्देही, कर्णाली प्रदेशमा सुर्खेत छ ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ सय ४५ पुगेको छ । आज २ जना महिला र ७ जना पुरुष गरी जम्मा ९ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Categorized in राष्ट्रिय