४ हजार ४७ संक्रमितमध्ये दुई हजार २८३ काठमाडौं उपत्यकामा
SamacharDesk – बिकाश | २०७७ आश्विन २६, सोमबार

पछिल्लो परिक्षणमा देखिएका कोरोना भाईरस (कोभिड १९) का नयाँ संक्रमितहरुमा काठमाडौं उपत्यकामा दुई हजार दुई सय ८३ जना रहेका छन् । तीमध्ये काठमाडौंमा एक हजार ८ सय ८८, ललितपुरमा २ सय ७७ र भक्तपुरमा एक सय १८ जना रहेका छन् ।
त्यस्तै सुनसरीमा २ सय ४९, मोरङमा दुई सय २३, रुपन्देहीमा एक सय २५, सुर्खेतमा एक सय एक, काभ्रेपलान्चोकमा ९०, चितवनमा ७७, कास्कीमा ७६, मकवानपुरमा ७५, झापामा ७१, नवलपरासी (पूर्व) र कैलालीमा ६५/६५ जनामा संक्रमण देखिएको छ ।
बाँकेमा ४५, तनहुँमा ३७, प्यूठान र बर्दियामा २६/२६, धनुषा र सिन्धुपाल्चोकमा २५/२५, नवलपरासी (पश्चिम) मा २४, सप्तरी र लमजुङमा २१/२१ जना संक्रमित भेटिएका छन् ।
कन्चनपुरमा १८, पर्सा र पाल्पामा १४/१४, रौतहट र दाङमा १३/१३, धादिङ र वैतडीमा १२/१२, बारा, सिराहा, नुवाकोट र स्याङ्जामा ११/११, गुल्मीमा १० जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी जुम्लामा ९, महोत्तरी, सर्लाही, बागलुङ, अर्घाखाँची र कपिलवस्तुमा ८/८, दोलखामा ७, रसुवा, डडेलधुरा र दार्चुलामा ६/६, इलाममा ५, हुम्ला र बझाङमा ४/४, गोरखा, सल्यान र अछाममा ३/३ कोरोना पोजेटिभ पाइएका छन् ।
उदयपुर, ओखलढुङ्गा, खोटाङ, पाँचथर, रोल्पामा २/२ र धनकुटा, भोजपुर, तेर्हथुम, संखुवासभा, सोलुखुम्बु, सिन्धुली, पर्वत, मुस्ताङ, म्याग्दी, डोटी र बाजुरामा एक/एक जनामा कोभिड संक्रमण देखिएको छ ।
प्रदेशहरुमा वागमती प्रदेशमा दुइ हजार ६ सय एक, प्रदेश एकमा ५ सय ६१, लुम्बिनी प्रदेशमा ३ सय एक, गण्डकी प्रदेशमा २ सय २४, कर्णाली प्रदेशमा एक सय ३०, सुदुरपश्चिम प्रदेशमा एक सय १६ र प्रदेश दुईमा एक सय १४ जना नयाँ संक्रमित थपिएका छन् ।
Categorized in राष्ट्रिय