सक्रिय संक्रमित बढ्दै, ३६ हजार नाघ्यो
SamacharDesk – बिकाश | २०७७ आश्विन २८, बुधबार

नेपालमा पछिल्लो २४ घन्टामा २ हजार ६ सय ३८ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
तीमध्ये ९ सय ४० जना महिला छन् भने एक हजार ६ सय ९८ जना पुरुष रहेका छन् ।
योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या एक लाख १७ हजार ९ सय ९६ पुगेको छ ।
पछिल्लो पटक दुई हजार एक सय ७४ जना संक्रमित निको भएर घर फर्केका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या ८० हजार ९ सय ५४ पुगेको छ ।
आजसम्ममा पिसिआर विधिबाट १२ लाख २१ हजार ३८ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा १३ हजार ९ सय ७४ वटा नमूनाको परिक्षणहरु भएका छन् ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ४ हजार ६ सय ६६ रहेको छ ।
सक्रिय संक्रमितको संख्या ३६ हजार ३ सय ६७ जना रहेका छन् ।
संस्थागत आइशोलेशनमा १५ हजार ५ सय जना रहेका छन् भने होम आइशोलेशनमा रहनेको संख्या २० हजार ८ सय ६७ रहेका छन् ।
देशभरमा २ सय ९३ जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ५५ जना भेन्टिलेटरमा छन् ।
प्रदेश एकमा ३९, प्रदेश २ मा २०, वागमती प्रदेशमा एक सय ५५, गण्डकी प्रदेशमा ६, लुम्बिनी प्रदेशमामा ५०, कर्णाली प्रदेशमा १९ र सुदुरपश्चिम प्रदेशमा ४ जना संक्रमित आइसीयूमा उपचाररत छन् ।
त्यस्तै प्रदेश एकमा ५ जना, वागमती प्रदेशमा ४६, लुम्बिनी प्रदेशमा ४ जना गरी ५५ जना भेन्टिलेटरमा छन् ।
संक्रमण शुन्य भएको जिल्लामा मनाङ मात्रै रहेको छ ।
५ सय भन्दा बढि संक्रमित भएको जिल्लामा प्रदेश एकमा मोरङ र सुनसरी, वागमती प्रदेशमा काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र मकवानपुर रहेको छ भने लुम्बिनी प्रदेशमा दाङ, बाँके र रुपन्देही, कर्णाली प्रदेशमा सुर्खेत रहेको छ ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ सय ७५ पुगेको छ । आज थप १२ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Categorized in राष्ट्रिय