सक्रिय संक्रमितको संख्या ४० हजार नजिक
SamacharDesk – बिकाश | २०७७ कार्तिक २, आइतबार

नेपालमा पछिल्लो २४ घन्टामा २ हजार ९ सय ४२ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
तीमध्ये एक हजार एक सय १७ जना महिला छन् भने एक हजार ८ सय २५ जना पुरुष रहेका छन् ।
योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या एक लाख ३२ हजार २ सय ४६ पुगेको छ ।
पछिल्लो पटक दुई हजार ३ सय २६ जना संक्रमित निको भएर घर फर्केका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या ९२ हजार एक सय ६६ पुगेको छ ।
आजसम्ममा पिसिआर विधिबाट १२ लाख ८३ हजार ३ सय ५४ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा १४ हजार ८ सय ७५ वटा नमूनाको परिक्षणहरु भएका छन् ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ४ हजार ८ सय ३१ रहेको छ ।
सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय ४१ जना रहेका छन् ।
संस्थागत आइशोलेशनमा १३ हजार ९ सय ३ जना रहेका छन् भने होम आइशोलेशनमा रहनेको संख्या २५ हजार ४ सय ३८ रहेका छन् ।
देशभरमा २ सय ९० जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ६६ जना भेन्टिलेटरमा छन् ।
प्रदेश एकमा ३४, प्रदेश २ मा १३, वागमती प्रदेशमा एक सय ५२, गण्डकी प्रदेशमा २०, लुम्बिनी प्रदेशमामा ५३, कर्णाली प्रदेशमा ९ र सुदुरपश्चिम प्रदेशमा ९ जना संक्रमित आइसीयूमा उपचाररत छन् ।
त्यस्तै प्रदेश एकमा ९ जना, प्रदेश २ मा एक जना, वागमती प्रदेशमा ४८, गण्डकी प्रदेशमा ४ जना, लुम्बिनी प्रदेशमा एक जना र सुदुरपश्चिम प्रदेशमा ३ जना गरी ६६ जना भेन्टिलेटरमा छन् ।
संक्रमण शुन्य भएको जिल्ला मुस्ताङ मात्रै रहेको छ ।
५ सय भन्दा बढि संक्रमित भएको जिल्लामा मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर कास्की दाङ, रुपन्देही र सुर्खेत रहेको छ ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ सय ३९ पुगेको छ । आज थप १२ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Categorized in राष्ट्रिय