arin enterprises

३ हजार ७९० नयाँ संक्रमित थप, सक्रिय संक्रमित ४० हजार नाघ्यो

SamacharDesk – बिकाश | २०७७ कार्तिक ३, सोमबार

नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार ७ सय ९० जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

तीमध्ये एक हजार ३ सय ७६ जना महिला छन् भने दुई हजार ४ सय १४ जना पुरुष रहेका छन् ।

योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या एक लाख ३६ हजार ३६ पुगेको छ ।

पछिल्लो पटक दुई हजार ३ सय ३५ जना संक्रमित निको भएर घर फर्केका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या ९४ हजार ५ सय एक पुगेको छ ।

आजसम्ममा पिसिआर विधिबाट १३ लाख ९ सय १८ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा १५ हजार ७ सय १४ वटा नमूनाको परिक्षणहरु भएका छन् ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ४ हजार ४ सय ७० रहेको छ । 

सक्रिय संक्रमितको संख्या ४० हजार ७ सय ७८ जना रहेका छन् । 

संस्थागत आइशोलेशनमा १३ हजार ५ सय ४३ जना रहेका छन् भने होम आइशोलेशनमा रहनेको संख्या २६ हजार ९ सय २७ रहेका छन् ।

देशभरमा २ सय ८२ जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ६३ जना भेन्टिलेटरमा छन् । 

प्रदेश एकमा ३०, प्रदेश २ मा १३, वागमती प्रदेशमा एक सय ५३, गण्डकी प्रदेशमा २०, लुम्बिनी प्रदेशमा ५१, कर्णाली प्रदेशमा ७ र सुदुरपश्चिम प्रदेशमा ८ जना संक्रमित आइसीयूमा उपचाररत छन् ।

त्यस्तै प्रदेश एकमा १२ जना, प्रदेश २ मा एक जना, वागमती प्रदेशमा ३८, गण्डकी प्रदेशमा ४ जना, लुम्बिनी प्रदेशमा ५ जना र सुदुरपश्चिम प्रदेशमा ३ जना गरी ६३ जना भेन्टिलेटरमा छन् ।

संक्रमण शुन्य भएको जिल्ला मुस्ताङ मात्रै रहेको छ ।

५ सय भन्दा बढि संक्रमित भएको जिल्लामा मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर कास्की दाङ, रुपन्देही र सुर्खेत रहेको छ ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ सय ५७ पुगेको छ । आज थप १८ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Categorized in राष्ट्रिय