१३ हजार ८६१ परिक्षणमा ३ हजार ९३ मा संक्रमण पुष्टि
SamacharDesk – बिकाश | २०७७ कार्तिक ४, मंगलबार

नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार ९३ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
तीमध्ये एक हजार एक सय ७४ जना महिला छन् भने एक हजार ९ सय १९ जना पुरुष रहेका छन् ।
आजको नयाँ संक्रमितमध्ये ६ सय ८४ महिला र एक हजार १८ पुरुष गरी एक हजार ७ सय २ जना काठमाडौं उपत्यकाका रहेका छन् ।
योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या एक लाख ३९ हजार एक सय २९ पुगेको छ ।
पछिल्लो पटक दुई हजार एक सय ८ जना संक्रमित निको भएर घर फर्केका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या ९६ हजार ६ सय ९ पुगेको छ ।
आजसम्ममा पिसिआर विधिबाट १३ लाख १४ सय ७ सय ७९ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा १३ हजार ८ सय ६१ वटा नमूनाको परिक्षणहरु भएका छन् ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ४ हजार २ सय २० रहेको छ ।
सक्रिय संक्रमितको संख्या ४१ हजार ७ सय ५५ जना रहेका छन् ।
संस्थागत आइशोलेशनमा १३ हजार ५ सय ५९ जना रहेका छन् भने होम आइशोलेशनमा रहनेको संख्या २८ हजार एक सय ९६ रहेका छन् ।
देशभरमा २ सय ७३ जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ७८ जना भेन्टिलेटरमा छन् ।
प्रदेश एकमा ३०, प्रदेश २ मा १०, वागमती प्रदेशमा एक सय ५०, गण्डकी प्रदेशमा २०, लुम्बिनी प्रदेशमा ४८, कर्णाली प्रदेशमा ७ र सुदुरपश्चिम प्रदेशमा ८ जना संक्रमित आइसीयूमा उपचाररत छन् ।
त्यस्तै प्रदेश एकमा १६ जना, प्रदेश २ मा एक जना, वागमती प्रदेशमा ४९, गण्डकी प्रदेशमा ४ जना, लुम्बिनी प्रदेशमा ५ जना र सुदुरपश्चिम प्रदेशमा ३ जना गरी ७८ जना भेन्टिलेटरमा छन् ।
संक्रमण शुन्य भएको जिल्ला मुस्ताङ मात्रै रहेको छ ।
५ सय भन्दा बढि संक्रमित भएको जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे कास्की दाङ, रुपन्देही बाँके, कैलाली र सुर्खेत रहेको छ ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ सय ६५ पुगेको छ । आज थप ८ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Categorized in राष्ट्रिय