१५ हजार २५५ परिक्षणबाट ३ हजार ६३७ नयाँ संक्रमित भेटिए
SamacharDesk – बिकाश | २०७७ कार्तिक ६, बिहिबार

नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार ६ सय ३७ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
तीमध्ये एक हजार दुई सय ४९ जना महिला छन् भने दुई हजार ३ सय ८८ जना पुरुष रहेका छन् ।
आजको नयाँ संक्रमितमध्ये ५ सय २५ महिला र एक हजार २७ पुरुष गरी एक हजार ५ सय ५२ जना काठमाडौं उपत्यकाका रहेका छन् ।
योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या एक लाख ४८ हजार ५ सय ९ पुगेको छ ।
पछिल्लो पटक ३ हजार दुई सय १५ जना संक्रमित निको भएर घर फर्केका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या एक लाख दुई हजार ८ सय २० पुगेको छ ।
आजसम्ममा पिसिआर विधिबाट १३ लाख ५० हजार एक सय ५२ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा १५ हजार दुई सय ५५ वटा नमूनाको परिक्षणहरु भएका छन् ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ३ हजार ७ सय ५१ रहेको छ ।
सक्रिय संक्रमितको संख्या ४४ हजार ८ सय ७७ जना रहेका छन् ।
संस्थागत आइशोलेशनमा १३ हजार ४ सय २३ जना रहेका छन् भने होम आइशोलेशनमा रहनेको संख्या ३१ हजार ४ सय ५४ रहेका छन् ।
देशभरमा २ सय ९० जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ७७ जना भेन्टिलेटरमा छन् ।
प्रदेश एकमा ३२, प्रदेश २ मा १०, वागमती प्रदेशमा एक सय ७४, गण्डकी प्रदेशमा १५, लुम्बिनी प्रदेशमा ५०, कर्णाली प्रदेशमा ६ र सुदुरपश्चिम प्रदेशमा ३ जना संक्रमित आइसीयूमा उपचाररत छन् ।
त्यस्तै प्रदेश एकमा ८ जना, वागमती प्रदेशमा ५८, गण्डकी प्रदेशमा एक जना, लुम्बिनी प्रदेशमा ८ जना र सुदुरपश्चिम प्रदेशमा २ जना गरी ७७ जना भेन्टिलेटरमा छन् ।
संक्रमण शुन्य भएको जिल्ला मुस्ताङ मात्रै रहेको छ ।
५ सय भन्दा बढि संक्रमित भएको जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे कास्की, दाङ, रुपन्देही, बाँके, कैलाली र सुर्खेत रहेको छ ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ सय १२ पुगेको छ । आज थप २१ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Categorized in राष्ट्रिय