४ हजार ४९९ नयाँ संक्रमित थप, कुल संक्रमित संख्या डेढ लाख नाघ्यो
SamacharDesk – बिकाश | २०७७ कार्तिक ७, शुक्रबार

नेपालमा पछिल्लो २४ घन्टामा ४ हजार ४ सय ९९ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
तीमध्ये एक हजार ६ सय ९० जना महिला छन् भने दुई हजार ८ सय ९ जना पुरुष रहेका छन् ।
आजको नयाँ संक्रमितमध्ये एक हजार ९२ महिला र एक हजार ६ सय २८ पुरुष गरी दुई हजार ७ सय २० जना काठमाडौं उपत्यकाका रहेका छन् ।
योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या एक लाख ५३ हजार ८ पुगेको छ ।
पछिल्लो पटक दुई हजार ६ सय ६८ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या एक लाख ५ हजार ४ सय ८८ पुगेको छ ।
आजसम्ममा पिसिआर विधिबाट १३ लाख ६७ हजार १६ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा १६ हजार ८ सय ६३ वटा नमूनाको परिक्षणहरु भएका छन् ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ३ हजार ५ सय ९० रहेको छ ।
सक्रिय संक्रमितको संख्या ४६ हजार ६ सय ९१ जना रहेका छन् । तीमध्ये २४ हजार एक सय ३५ जना काठमाडौं उपत्यकामै रहेका छन् ।
संस्थागत आइशोलेशनमा १४ हजार ९ सय ६४ जना रहेका छन् भने होम आइशोलेशनमा रहनेको संख्या ३१ हजार ७ सय २७ रहेका छन् ।
देशभरमा २ सय ९० जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ६९ जना भेन्टिलेटरमा छन् ।
प्रदेश एकमा ३४, प्रदेश २ मा ८, वागमती प्रदेशमा एक सय ७४, गण्डकी प्रदेशमा १५, लुम्बिनी प्रदेशमा ५०, कर्णाली प्रदेशमा ७ र सुदुरपश्चिम प्रदेशमा दुई जना संक्रमित आइसीयूमा उपचाररत छन् ।
त्यस्तै प्रदेश एकमा ९ जना, प्रदेश दुईमा दुइ, वागमती प्रदेशमा ४७, गण्डकी प्रदेशमा एक जना, लुम्बिनी प्रदेशमा ८ जना र सुदुरपश्चिम प्रदेशमा २ जना गरी ६९ जना भेन्टिलेटरमा छन् ।
संक्रमण शुन्य भएको जिल्ला मुस्ताङ मात्रै रहेको छ ।
५ सय भन्दा बढि संक्रमित भएको जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे कास्की, दाङ, रुपन्देही, बाँके, कैलाली र सुर्खेत रहेको छ ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ सय २९ पुगेको छ । आज थप १७ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Categorized in राष्ट्रिय