आज २ हजार २२५ नयाँ संक्रमित थपिए
SamacharDesk – बिकाश | २०७७ कार्तिक ८, शनिबार

नेपालमा पछिल्लो २४ घन्टामा २ हजार २ सय २५ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये ७ सय ७९ जना महिला छन् भने एक हजार ४ सय ४६ जना पुरुष रहेका छन् ।
आजको नयाँ संक्रमितमध्ये ४ सय २९ महिला र ६ सय ८१ पुरुष गरी एक हजार एक सय १० जना काठमाडौं उपत्यकाका रहेका छन् ।
योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या एक लाख ५५ हजार दुई सय ३३ पुगेको छ ।
पछिल्लो पटक दुई हजार ८ सय ४६ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या एक लाख ८ हजार ३ सय ३४ पुगेको छ ।
आजसम्ममा पिसिआर विधिबाट १३ लाख ८० हजार ८ सय ६२ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा १६ हजार ८ सय ४६ वटा नमूनाको परिक्षणहरु भएका छन् ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ३ हजार ३ सय २२ रहेको छ ।
सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ जना रहेका छन् । तीमध्ये २४ हजार सात सय ९ जना काठमाडौं उपत्यकामै रहेका छन् ।
संस्थागत आइशोलेशनमा १३ हजार एक सय ८४ जना रहेका छन् भने होम आइशोलेशनमा रहनेको संख्या ३२ हजार ८ सय ७३ रहेका छन् ।
देशभरमा तीन सय सात जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ७० जना भेन्टिलेटरमा छन् ।
प्रदेश एकमा ४८, प्रदेश २ मा ९, वागमती प्रदेशमा एक सय ८१, गण्डकी प्रदेशमा १५, लुम्बिनी प्रदेशमा ४४, कर्णाली प्रदेशमा ८ र सुदुरपश्चिम प्रदेशमा दुई जना संक्रमित आइसीयूमा उपचाररत छन् ।
त्यस्तै प्रदेश एकमा ९ जना, प्रदेश दुईमा दुइ, वागमती प्रदेशमा ४९, गण्डकी प्रदेशमा एक जना, लुम्बिनी प्रदेशमा ८ जना र सुदुरपश्चिम प्रदेशमा एक जना गरी ७० जना भेन्टिलेटरमा छन् ।
संक्रमण शुन्य भएको जिल्ला मुस्ताङ मात्रै रहेको छ ।
५ सय भन्दा बढि संक्रमित भएको जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे कास्की, दाङ, रुपन्देही, बाँके, कैलाली र सुर्खेत रहेको छ ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ सय ४२ पुगेको छ । आज थप १३ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Categorized in राष्ट्रिय
