arin enterprises

दुई हजार ८६५ नयाँ संक्रमित थप, तीन हजार ३३६ निको

SamacharDesk – बिकाश | २०७७ कार्तिक ९, आइतबार

नेपालमा पछिल्लो २४ घन्टामा २ हजार ८ सय ६५ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

तीमध्ये एक हजार ६७ जना महिला छन् भने एक हजार ७ सय ८९ जना पुरुष रहेका छन् ।

आजको नयाँ संक्रमितमध्ये ६ सय २९ महिला र ९ सय ५ पुरुष गरी एक हजार पाँच सय ३५ जना काठमाडौं उपत्यकाका रहेका छन् ।

योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या एक लाख ५८ हजार ८९ पुगेको छ ।

पछिल्लो पटक तीन हजार तीन सय ३६ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या एक लाख ११ हजार ६ सय ७० पुगेको छ ।

आजसम्ममा पिसिआर विधिबाट १३ लाख ९३ हजार एक सय ७३ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा १२ हजार तीन सय ११ वटा नमूनाको परिक्षणहरु भएका छन् ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ३ हजार ६४ रहेको छ ।

सक्रिय संक्रमितको संख्या ४५ हजार ५ सय ७२ जना रहेका छन् । तीमध्ये २३ हजार सात सय ५० जना काठमाडौं उपत्यकामै रहेका छन् ।

संस्थागत आइशोलेशनमा १२ हजार नौ सय ७९ जना रहेका छन् भने होम आइशोलेशनमा रहनेको संख्या ३२ हजार ५ सय ९३ रहेका छन् ।

देशभरमा दुई सय ७७ जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ६६ जना भेन्टिलेटरमा छन् ।

प्रदेश एकमा २६, प्रदेश २ मा १०, वागमती प्रदेशमा एक सय ७६, गण्डकी प्रदेशमा १३, लुम्बिनी प्रदेशमा ४२, कर्णाली प्रदेशमा ७ र सुदुरपश्चिम प्रदेशमा तीन जना संक्रमित आइसीयूमा उपचाररत छन् ।

त्यस्तै प्रदेश एकमा १० जना, प्रदेश दुईमा दुइ, वागमती प्रदेशमा ४५, गण्डकी प्रदेशमा एक जना र लुम्बिनी प्रदेशमा ८ जना गरी ७० जना भेन्टिलेटरमा छन् ।

संक्रमण शुन्य भएको जिल्ला मुस्ताङ मात्रै रहेको छ ।

५ सय भन्दा बढि संक्रमित भएको जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे कास्की, नवलपरासी (पुर्व), दाङ, रुपन्देही, बाँके, कैलाली र सुर्खेत रहेको छ ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ सय ४७ पुगेको छ । आज थप ५ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Categorized in राष्ट्रिय